नयाले मार्च ११ तारिख शनिबार क्रुज पार्टी आयोजना गर्दै


  • March 6, 2023


नयाले मार्च ११ तारिख शनिबार क्रुज पार्टी आयोजना गर्दै

एनएनए प्रतिनिधि

सिड्नी।नेपाली अस्ट्रेलियन युथ एसोसियसनले यहि मार्च ११ तारिख शनिबार साँझ सिड्नीमा क्रुज पार्टी गर्ने भएको छ । अस्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई एकीकृत गरि उनीहरुको सीप ,अनुभव र दक्षता अभिबृदी गर्न तथा यहाको नेपाली समाजमा कल्याणकारी एबम सामाजिक कार्य गर्ने उद्देस्यले सन् २०१३ मा स्थापित भएको हो । कार्यक्रमको बारेमा नेपाल न्युज प्रतिनिधिसंग कुरा गर्दै कार्यक्रम संयोजक अर्जुन गौतमले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार कार्यक्रममा डिजे ,राफल चिट्ठा ,गीत संगीत , नाचगान सकेसम्मको मनोरंजन दिइने छ ।

सातौ सस्करणको यसपटकको क्रुजमा नेपालबाट आफ्ना सन्तान भेट्न आएका अभिभावक हरुका लागी ४० डलर मात्र तोकिएको छ भने एडल्ट कालागि ७० र ५ बर्ष मुनिका बच्चाहरुका लागि निशुल्क प्रवेशको ब्यबस्था गरिएको छ । सिड्नीको डार्लिङ्ग हार्बरको किङ्ग स्ट्रिट स्थित १ नम्बर वार्फ़बाट साँझ ठिक ६ बजेदेखि शुरु हुने सो क्रुज सिड्नीका वरिपरिका समुन्द्री तटहरुको परिक्रमा गरि राति १० बजे सोहि स्थानमा पुगेर बिसर्जन हुने छ । क्रुज पार्टीको बारेमा थप जानकारीको लागि आयोजक सस्थाका अध्यक्ष निजन चौलागाई ०४२११३५२६९ ,महासचिब सत्यप्रकास कंडेल ०४१२५३६५८२ ,कार्यक्रम संयोजक अर्जुन गौतम ०४१६८४४३५१ र उपाध्यक्ष बिपिन थापाको ०४१२७६४२१६ नम्बरमा सम्पर्क गर्न सकिने छ ।


NEPAL NEWS Team
339 views

सम्बन्धित समाचारहरु