Wednesday, June 19, 2024

एक्सपर्ट स्टेट एजेन्टका मुरारीलाई “एजेन्ट अफ द इयर २०२३ “अवार्ड


  • March 2, 2023


एक्सपर्ट स्टेट एजेन्टका मुरारीलाई “एजेन्ट अफ द इयर २०२३ “अवार्ड

एनएनए प्रतिनिधि

सिड्नी । रियल स्टेट ब्यबसायी ज्ञानेन्द्र कार्कीद्वारा अस्ट्रेलियाको सिड्नीमा संचालमा रहेको एक्सपर्ट स्टेट एजेन्ट इङ्गलबनसंग आबद्ध रियल स्टेट एजेन्ट मुरारी लम्साल “एजेन्ट अफ द इयर २०२३ “अवार्ड द्वारा सम्मानित भएका छन् l बिगत लामो समयदेखि अस्ट्रेलियामाको सिड्नीलाई आफ्नो कर्मथलो बनाउदै आएका मुरारीले रियल इस्टेट एजेन्टको रुपमा आफुलाई स्थापित गरेका छन् ।

एक्स्पर्ट रियलस्टेट मार्फत रियलस्टेटको कारोबार गर्दै आईरहेका एजेन्ट मुरारी लम्साल र उनका १८ वर्षीय छोरा सुप्रिम लम्साल यहाको रियलस्टेट क्षेत्रमा सफलताको सिढी उक्लदै छ । सिड्नीको साउथ वेष्टमा रहेका रियलस्टेट मध्ये उत्कृष्ट रियलस्टेट एजेन्टको सुचिमा परेका मुरारी लाई रेटमाईन्ट ऐजेन्ट नामक संस्थाले गरेको मूल्याकंनमा ३१ औँ स्थानमा सिफारिस गरेको छ । अवार्ड प्राप्त गरेपछि नेपाल न्युज प्रतिनिधिसंग कुरा गर्दै एजेन्ट मुरारी लम्सालले ग्राहक हरुलाई सर्वसुलभ र छिटो छरितो रुपले गुणस्तरीय सेवा कसरी पुर्याउन सकिन्छ भन्नेतर्फ आफुहरुको बिशेस चासो रहने गरेको बताए । उनले भने – हामीलाई बिस्वास गरेर हामि मार्फत घर जग्गाको कारोबार गर्नुहुने सबै प्रति म र मेरो टिमले धन्यबाद दिन चाहन्छ । उनि भन्छन – हामि सदैव ब्यबसायिक मूल्य ,मान्यता र मर्यादामा रहेर हाम्रो समाज र हाम्रा ग्राहकप्रति गर्नुपर्ने ब्यबहार र जिम्मेवारी पुरा गर्न सदैव ईमान्दार प्रयास गर्नेछौ ।

सिड्नीको बार्डियामा मात्र २७ मिलियन घरजग्गा बिक्री गरेको बताउने मुरारीले यो १२ महिनामा कुल ४२ मिलियन बराबरको घर जग्गाको कारोबार गरेका छन् । रियल स्टेट व्यवसायमा सफलताको शिखर चुम्दै गरेका मुरारीले सन् २०२१ देखि लगातार २०२३ सम्म बेस्ट ऐजेन्ट अफ द ईयर अवार्ड प्राप्त गरेका छन् ।

Seen by नेपाल न्यूज अस्ट्रेलिया at 9:37 PM

Enter

Write to नेपाल न्यूज अस्ट्रेलिया


NEPAL NEWS Team
442 views

सम्बन्धित समाचारहरु