Saturday, December 2, 2023

एक्सपर्ट टेलिकम सिटी काउन्सिलको बर्ष बिजनेश अवार्डमा मनोनयन


  • February 25, 2023


एक्सपर्ट टेलिकम सिटी काउन्सिलको बर्ष बिजनेश अवार्डमा मनोनयन


सिड्नी । अष्ट्रेलियामा विगत ७ वर्षदेखि आफ्ना सेवाग्राहीहरुलाई संचारको सेवा प्रदान गर्दै आएको एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको बर्षको बिजनेश अवार्डको लागि मनोनयनमा परेको छ ।
टाउनहाल स्थित Level 6,/ 263 Clarence Street मा रहेको उक्त टेलिकम गुणस्तरीय तथा सर्वसुलभ आफ्ना सेवाहरु नेपाली लगायत अन्य समुदायहरूमा पस्कदै सबैको मन र बिश्वास जित्न सफल भएको छ ।
एक्सपर्ट टेलिकमका प्रमुख चिरन्जिबी तिवारी अवार्डको मनोनयनमा पर्नुलाई आफ्ना सेवाग्राहीहरुले एक्सपट टेलिकमलाई दिएको विश्वास तथा माया न कारक तत्व मान्छन् । उनी भन्छन् अब हामी मनोनयनमा परेपछि हाम्रा बिश्वासिला तथा हामीलाई माया गर्नु हुने उपभोक्ताहरूले भोट गरेर अवार्ड जिताउनुहुने विश्वास व्यक्त गरेका छन् । एक्सपट टेलिकम अष्ट्रेलियाको भोडाफोनको आधिकारीक बिक्रेता हो । मनोनयनमा परेपछि अझ बढी जिम्मेवारी थपिएको तिवारी बताउछन् । तपाईको एक अमुल्य भोटले हाम्रो अभियानमा कोशेढुगा हुने बताउदै सबै नेपाली समुदायलाई भोट गर्न तिवारीले अपिल समेत गरेका छन् ।
भोट गर्ने तरिका सरल छ र समय एक मिनेट भन्दा कम लाग्नेछ । भोट गर्ने तरिका यहां छः https://thebusinessawards.com.au/63777/vodafone-expert-telecom?fbclid=IwAR34cpBdaNFfR5erUQvDEF9h90ZNUZjat7IYqRYeOI_-6e5K8p7Cg9lqCPM मा जानुहोस्, आफ्नो विवरण प्रदान गर्नुहोस् आफ्नो भोट हाल्नुहोस् तपाईको भोट पुष्टि गर्नको लागि तपाईले प्रदान गर्नुभएको इमेलमा सूचना पठाइनेछ । कृपया आफ्नो मत प्रमाणित गर्न इमेलमा प्राप्त लिङ्कमा क्लिक गर्नुहोस् अनि भोटलाई कम्फर्म गर्नुहोस् ।


NEPAL NEWS Team
494 views

सम्बन्धित समाचारहरु