नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले आर्ट प्रतियोगिता गर्ने


  • February 15, 2023


नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले आर्ट प्रतियोगिता गर्ने


कृष्ण तिवारी
सिड्नी । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले यहि फेब्रुअरी १८ तारिक शनिवारका दिन किड्स आर्ट प्रतियोगिता गर्ने भएको छ । प्रतिष्ठानले फेब्रुअरी ११ मा ग्यान्भिलस्थित फ्लेभर अफ नेपालमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको छ ।
उक्त आर्ट प्रतियोगितामा ६ वर्षदेखि १३ वषमुनिका वालवालिकहरु भाग लिन पाउनेछन् । प्रतिष्ठानका सल्लाहकार तथा कार्यक्रमका इभेन्ट कोर्डिनेटर दयाराम सिंम्खडाका अनुसार वालवालिकाहरुलाई तीन समुहमा विभाजन गरेर प्रतियागिता संचालन गरिनेछ ।

जसअनुसार वर्ष ६ देखि ८, वर्ष ८ देखि १० र वर्ष १० देखि १२ वर्ष समुहका वालवालिकाहरुलाई दुई वटा चित्र बनाउनुपर्नेछ । एउटा चित्र आफै बनाउन सक्नेछन् भने अर्को चित्र प्रतिष्ठानले दिएको थिम भित्र रहेर बनाउनुपर्नेछ । प्रतिष्ठनकी अध्यक्ष सुजाता बस्नेत केसीले प्रवासमा रहेका नेपालीमुलका वालवालिकाहरुको बृद्धि विकास गर्न तथा नेपाली कला संस्कृतिलाई प्रवासमा समेत जर्गेना गर्ने उद्धेश्यले सो आर्ट प्रतियोगिता गर्न लागेको बताइन् ।
सन् २००९ मा स्थापना भएको प्रतिष्ठानले तीज कार्यक्रम, भानु जयन्ति कार्यक्रम तथा मल्टिकल्चलर कार्यक्रमहरु गर्दै आएको छ । वालवालिकाहरुलाई लक्षित गरि आर्ट प्रतियोगिता भने पहिलो पटक गर्न लागेको हो ।
सो आर्ट प्रतियोगितामा सहभागि हुनको लागि वालवालिकाका अभिभावकहरुले २० डलर शुल्क तिरर आफ्ना वालवालिकाहरुलाई समावेश गर्न सक्नेछन् । प्रतियोगिताको प्रमुख निर्यायकमा डा. राजु मानन्धर लगायत कविता जयकुमार र सोमन हमाल ठकुरी रहेका छन् । प्रतियोगितामा सहभागि विजेता वालवालिकहरुलाई प्रथम पुरस्कार २०० डलर, दोस्रो पुरस्कार १५० डलर तृतीय पुरस्कार १०० डलर तथा सान्त्वना पुरस्कार १०० डलर र अन्य क्यास पुरस्कार ५५० डलर राखिएको छ । करिब ८० जना सहभागि हने लक्ष्य राखिएको प्रतियोगिता बरउडको २–४ मार्माडुकी स्ट्रिटमा रहेको हलमा दिउसो २ देखि सांझ ६ बजेसम्म हुनेछ ।


NEPAL NEWS Team
1,215 views

सम्बन्धित समाचारहरु