डब्बोमा होली मेला गरिने


  • February 4, 2023


डब्बोमा होली मेला गरिने

बिकास दवाडी

सिड्नी । रंगहरुको पर्व फागु पुर्णिमा अर्थात होलीको अवसरमा डब्बो नेपाली समाज अस्ट्रेलियाले आगामी मार्च ४ तारिख शनिबारको दिन डब्बोमा होली मेला गर्ने भएको छ । प्राचिन नेपाली सस्कृति र परम्परासंग गासिएको यो पर्वलाई दानव प्रति मानवताको जीत भएको खुशीयालीको रुपमा मनाइदै आएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यो पर्वलाई नेपाल लगायत भारतका विभिन्न राज्यहरुमा बिशेस महत्वका साथ धुमधामले मनाइन्छ । अस्ट्रेलियाको एनएसडब्लु राज्यको पश्चिम भेगमा रहेको डब्बोमा नेपालीहरुको उपस्थिति बढेसंगै नेपाली कला ,सस्कृति ,रिती रिवाज र धर्मकर्मको संरक्षण र प्रबर्धन गर्ने खालका कार्यक्रमहरु बाक्लो रुपमा हुन थालेका छन् । केही जागरिला नेपालीहरुको अगुवाइमा गठन गरिएको डब्बो नेपाली समाज अस्ट्रेलिया त्यस भेगमा बसोबास गरेका नेपालीहरुको दुख सुखको साथि बनेको छ ।डब्बो नेपाली समाज अस्ट्रेलिया( DNCA) ले ओराना रेसिडेण्ट अफ इण्डियन सब कन्टिनेन्टल हेरिटेज (ORISCON) संगको सहकार्यमा गर्न लागेको ऊक्त होली मेलामा लाईभ डिजे म्युजिकका साथमा विभिन्न सास्कृतिक कार्यक्रम गरिने छ । मेलालाई रंग मैत्री बनाउन सेतो टिसर्ट लगाएर मेलामा सहभागी हुन आयोजक सस्थाले सबैलाई अनुरोध समेत गरेको छ । मेलामा नेपाली तथा इन्डियन खानाका परिकारको फुड स्टल राखिने छ ।


NEPAL NEWS Team
390 views

सम्बन्धित समाचारहरु