मेलबर्नमा म्युजिकल नाइट हुने


  • January 18, 2023


मेलबर्नमा म्युजिकल नाइट हुने

सिड्नी । नेप्को इण्टर्टेन्मेण्टको आयोजनामा यही जनवरी २१ तारिख साँझ मेलबर्नको ४९५ ल्यागोंन स्ट्रिट, ब्रुन्स्वीकमा म्युजिकल नाइट सांगेतिक कार्यक्रम हुने भएको छ । म्युजिकल नेतामा नेपालबाट आएका तथा मेलबर्नका स्थानिय कलाकारहरुले संगीत एवं नृत्य प्रस्तुत गर्नेछन् । सो कार्यक्रममा नेपालका लोकप्रिय गायक प्रकास रेग्मीले आफ्नो गीत संगीत प्रस्तुत गर्ने छन् । त्यसैगरी कलाकारहरु चोक्लेट जोशी ,डी बि कालिज ,दिलिशा मगर र अभिनास न्यौपाने लगायतका कलाकारहरुले गीत संगीत प्रस्तुत गर्ने छन् । सो कार्यक्रम साँझ ६ बजे सुरु हुने छ । संगीत र नृत्यबाट मनोरंजन लिनको लागि आफ्नो टिकट सुरक्षित राख्न ०४२३९६०१३३ मा सम्पर्क गर्न सकिने आयोजक सस्थाले जनाएको छ


NEPAL NEWS Team
380 views

सम्बन्धित समाचारहरु