क्यानबेरामा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा


  • January 16, 2023


क्यानबेरामा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा

एनएनए प्रतिनिधि

सिड्नी । अस्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिबल आयोजना हुने भएको छ । नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवं एनआरएनए एसीटीका राज्य संयोजक अशोक बस्नेतले महोत्सवलाई भब्य र सभ्य रुपले सम्पन्न गर्न विभिन्न ११ ओटा उप समिति मार्फत काम भै रहेको र तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । एनआरएनए एसीटीले सस्थाका पूर्व संयोजक चुडामणि सापकोटालाई नेपाल फेस्टिभलकोको संयोजक को जिम्मेवारी तोकेर सस्थामा नयाँ पद्दतिको थालनी गरेको छ । यही फेब्रुअरी ११ तारिख क्यानबेरा स्थित कमनवेल्थ पार्कमा हुने सो फेस्टिभलमा क्यानबेराको अलवा एनएसडब्लु ,भिक्टोरिया ,साउथ अस्ट्रेलिया लगायत राज्यबाट नेपाली र बिदेशी पाहुनाहरुको स्सहभागिता रहने छ । कुनै पनि सस्थामा सस्थाको आर्थिक पारदर्शीता कायम राख्न सके सस्थाको हरेक गतिविधिमा अपेक्षा गरे अनुसार सभागिता र सहयोग प्राप्त हुने मान्यतालाई आफुहरुले बिषेस महत्व दिदै आएको बताउदै उपाध्यक्ष बस्नेतले भने – हामीले फेस्टिभल सम्पन्न भएको एक हप्ता भित्र फेस्टिभलको सम्पूर्ण आयव्ययको विवरण सार्बजनिक गरिने छ । नेपाल र नेपालीको पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालसंग भावनात्मक रुपबाट जोड्ने उद्देस्य राखेर एनआरएनए अस्ट्रेलियाले यस्ता महोत्सब विभिन्न राज्यमा गर्दै आएको छ । कार्यक्रममा नेपाली झाँकीहरुको साथ नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रम सम्पन्न गर्न ईभेन्ट पार्टनरको रुपमा सक्सेस एजुकेशन एण्ड भिषा सर्भिसेजरहेको छ ।


NEPAL NEWS Team
503 views

सम्बन्धित समाचारहरु