प्रबासी नेपाली मंचले टोपी दिवस मनाउने


  • December 23, 2022


प्रबासी नेपाली मंचले टोपी दिवस मनाउने

एनएनए प्रतिनिधि सिड्नी । प्रबासी नेपाली मंच साउथ अस्ट्रेलियाले जनवरी १ तारिखमा अन्तर्राष्ट्रीय नेपाली टोपी दिवस तथा नयॉ वर्षको कार्यक्रममा गर्ने भएको छ ।कार्यक्रमका बारेमा नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै प्रबासी नेपाली मंच साउथ अस्ट्रेलियाका राज्य संयोजक युवराज पहारीले प्रबासी नेपाली मंच साउथ अस्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको यो टोपी दिवस मार्फत हाम्रो शान र पहिचान लाइ प्रबासमा प्रबर्धन गर्ने प्रयास हुदै आएको बताए । पहारिका अनुसार पदयात्रामा सहभागी हुनेहरुले शिरमा ढाकाटोपी ढल्काएर टोपीको महत्व र विशेषताका जानकारी दिने प्रयास गरिने छ । बिहान ७ ३० बजे जोन मिलर रिजर्भ बाट पदयात्रा प्रारम्भ हुनेछ । यस कार्यक्रमका लागि Loan Solutions र Tilicho Consulting Group मुख्य प्रायोजक रहेका छन् भने , Multi Dynamics SA ,Ease Conveyancing ,Kubaer FS र Sage home loans प्रायोजन गरेको आयोजक सस्थाले जनाएको छ । कार्यक्रममा सहभागिताको लागि तलको लिंकलाइ क्लिक गरेर फारम भर्ना आयोजक सस्थाले सबैसंग आग्रह गरेको छ । https://docs.google.com/…/1FAIpQLSfvZovYPTb…/viewform


NEPAL NEWS Team
638 views

सम्बन्धित समाचारहरु