Wednesday, December 6, 2023

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित


  • December 21, 2022


नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिनुभयो ।

पार्टी सभापतिसमेत रहनुभएका देउवाले ६४ र थापाले २५ मत पाउनुभयो ।

सभापति निर्वाचित भएसँगै सभापति देउवालाई पुनः प्रधानमन्त्री हुने बाटो खुलेको छ ।

कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।


Pragya Gautam
191 views

सम्बन्धित समाचारहरु