कृषि ,वाताबरण र खाद्य सुरक्षा सम्बन्धी पुस्तक सार्बजनिक


  • December 20, 2022


कृषि ,वाताबरण र खाद्य सुरक्षा सम्बन्धी पुस्तक सार्बजनिक

सिड्नी । कृषि ,बन,र बाताबरण क्षेत्रमा अस्ट्रेलियामा कार्यरत नेपाली मुलका पेशागत बिज्ञ हरुको संगठन नेप्लिज एसोसियसन अफ एग्रिकल्चर ,फरेस्ट्री एण्ड इन्भ्यारोमेन्ट इन अस्ट्रेलिया र अस्ट्रेलियाको सिड्नीमा रहेको अनुसन्धान सस्था इन्टिच्युट फर स्टडी एण्ड डेभलपमेन्ट ओल्डवाइडको संयुक्त आयोजनामा डिसेम्बर १० तारिखका दिन Agriculture ,Natural Resources and Food Security : Lessons From Nepal नामक पुस्तकको लोकार्पण गरियो । भर्चुअल कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखेरेल र कृषि तथा पशुपन्छी मन्त्रालयका सचिब डा गोबिन्दप्रसाद शर्माले संयुक्त रुपमा लोकार्पण गरे । पुस्तक लोकार्पण गर्दै राजदुत पोखरेल र सचिब शर्माले बर्तमान अवस्थामा नेपालले सामना गर्दै रहेको चरम खाध्य असुरक्षालाई कम गर्न र संयुक्त रास्ट्र संघले लिएको दिगो बिकासका लक्षहरु हासिल गर्न पुस्तकले महत्व पूर्ण भूमिका खेल्ने बिस्वास व्यक्त गरे ।

नेपाफका उपाध्यक्ष डा सिताराम घिमिरेद्वारा संचालित सो कार्यक्रममा पुस्तकका प्रधान सम्पादक एबं नेपाफका सल्लाहकार डा जगदीश तिमल्सिनाले पुस्तकको बिबिध पक्षका बारेमा जानकारी गराएउदै पुस्तकले समस्या निधान र समाधानको पहिचानको लागि एकीकृत र अन्तरक्षेत्रिय तथा अनुसन्धान र अभ्यासमा आधारित ज्ञान प्रस्तुत गर्न अन्तरबिषय दृष्टिकोण अपनाइएको बताए । बिज्ञहरु प्रा टेक मरासेनी ,डा हेमन्त ओझा ,डा देबेन्द्र गौचन र डा जगन्नाथ अधिकारीको सम्पादन रहेको सो पुस्तक विभिन्न २४ वटा अध्याय रहेको छ भने ६५ जना बिज्ञ र अनुसन्धानकर्ताहरुको लेख समेटिएको छ । पुस्तकमा ४० जना पुनराबलोकनकर्ताहरुको पुनरावलोकन सुझावलाई समेत समेटिएको छ । पुस्तक लोकार्पण कार्यक्रममा अमेरिका ,इटाली ,अस्ट्रेलिया ,मोरक्को ,भारत ,श्रीलंका ,बंगलादेश र नेपाल सहित आठ देशबाट सहभागी बिज्ञहरुले पुस्तकको बिबिध पक्षका बारेमा बिबेचना गरेका थिए ।

सो अवसरमा क़ुइन्सल्याण्ड बिश्व विद्यालयका अवैतनिक प्राध्यापक तथा पुस्तकका पुनरावलोकनकर्ता डा जोन डिक्सनले कृषी ,वाताबरण र खाद्यान्नका बिबिध पक्षलाइ समेटेर तयार पारिएको पुस्तक प्रकाशनबाट आफु हर्षित भएको बताउदै पुस्तकले नेपालको कृषि प्रणाली र विभिन्न बस्तुहरुको ज्ञानका आधारहरु एकीकृत गर्नुपर्ने आबस्यकताको महसुस गराएको उल्लेख गरे । सो असरमा IFSD कि डा बसुन्धरा भट्टराइले सहभागीहरुलाई धन्यबाद दिदै बिदेशमा रहेर पनि आफुले जानेको सिकेको ज्ञान मातृभूमिको हितमा लगाउन पाउनु गौरवको बिषय भएको बताइन ।

Seen by नेपाल न्यूज अस्ट्रेलिया at 8:40 PM

Enter

Write to नेपाल न्यूज अस्ट्रेलिया


NEPAL NEWS Team
584 views

सम्बन्धित समाचारहरु