Thursday, December 7, 2023

सिड्नीमा ” प्रकास रेग्मी एकल साँझ ” सांगीतिक कार्यक्रम सम्पन्न


  • November 27, 2022


सिड्नीमा ” प्रकास रेग्मी एकल साँझ ” सांगीतिक कार्यक्रम सम्पन्न

सिड्नी । सिड्नीका नेपालीको ब्यस्त विकेण्ड हरेक सप्ताहन्तमा पार्टी ,भेटघट र जमघटका फरक फरक अध्याय हुदै आएको छ । पारिवारिक होओस् या साथीभाईसंगको भेटघाट आफ्ना आफ्नै दुख सुख अनि काम र घरयासी कुराकानी मै केन्द्रित हुने गरेको बास्तबिकता सबैले बुझ्दै आएको कुरा हो । यहाको नेपाली समाज नेपाली लोक गीत ,दोहोरि गीत या पप गीतमा आफुलाई चुर्ल्लुम्म दुबाउदै गीत संगीतको मज्जा लिदै आएका नेपालीहरु ले नोभेम्बर २७ तारिख शनिवारको साँझ भिन्न खालको सांगीतिक माहोलमा रम्न पाए ।

रास्ट्रकबि माधबप्रसाद घिमिरेको शब्द रचना र नातिकाजीको स्वर संगीत रहेको नेपालीको जनजिब्रोबाट कहिल्यै नछुट्टिने गरि रहेको नेपाली गीत ” नेपाली हामी रहौला कहाँ ,नेपालै नरहे ” बोलको गीतलाई सुगम संगीतका अब्बल गायक प्रकास रेग्मीले गाउन थालेपछि रक्डेल स्थित झरना फंसन सेन्टरमा उपस्थित स्रोताहरुले नयाँ खालको सांगीतिक मनोरंजन लिए । एन आर क्रियसनको आयोजनामा भएको “प्रकास रेग्मी एकल साँझ ” कार्यक्रममा गायक रेग्मीले दर्जन भन्दा धेरै गीत गाए । आधुनिक र सुगम संगीतमा बिशेस दख्खल राख्ने रेग्मीलाई तबलामा जसप्रित सिंहले साथ दिएका थिए ।

सो सांगीतिक कार्यक्रममा अस्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै नेपाली गीत संगीतमा पुर्याएको योगदानको कदर गर्दै तीन जना गायक कलाकारहरु रमण रेग्मी ,ईश्वर पोखरेल र सन्जीब पराजुलीलाई सम्मान गरिएको थियो । सो अवसरमा कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्ति र प्रायोजकहरुलाई सम्मान गरिएको थियो ।

Seen by नेपाल न्यूज अस्ट्रेलिया at 4:00 PM

Enter

Write to नेपाल न्यूज अस्ट्रेलिया


NEPAL NEWS Team
461 views

सम्बन्धित समाचारहरु