रमण रेग्मीको “नेपालै जाऔ जाऔं लाग्छ ” गितको म्युजिक भिडियो सार्वजनिक


  • October 8, 2022


रमण रेग्मीको “नेपालै जाऔ जाऔं लाग्छ ” गितको म्युजिक भिडियो सार्वजनिक

सिड्नी । अस्ट्रेलियालाई आफ्नो कर्म थलो बनाउदै आएका गायक रमण रेग्मीको स्वर भरिएको “नेपालै जाऔ जाऔं लाग्छ” गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । नेपालीहरुको महान चाड पर्वहरुको मुखैमा सार्बजनिक गरिएको उक्त म्युजिक भिडियो प्रबासमा रहेका नेपालीहरुलाई आफ्नो मातृभूमि फर्किएर देशमै केहि गर्नु पर्छ भन्ने भावनाले भरिएको छ ।

नन्द गुरुङको शब्द रचना रहेको उक्त म्युजिक भिडियोमा राजनराज सिवाकोटीले संगीत भरेका छन् । केशबराज भट्टको निर्दिशन तथा कोरियोग्राफी रहेको यो म्युजिक भिडियोमा कलाकारहरु लक्ष्मी गीरी ,आमेश भण्डारी आकृति गौतम र सुष्मिता कुवरले अभिनय गरेका छन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट सार्वजनिक उक्त म्युजिक भिडियोको सम्पादन दिन्सन शाह ले गरेका हुन् भने छायांकन बुद्ध थापा र कबि सुबेदीले गरेका हुन् ।


NEPAL NEWS Team
518 views

सम्बन्धित समाचारहरु