जनसम्पर्क समितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना


  • October 8, 2022


जनसम्पर्क समितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

सिड्नी । नेपालीहरुको महान पर्व बडा दशैं ,तिहार ,छड र नेपाल सम्बतको अवसरमा जनसम्पर्क समिति एन एस डब्लु राज्य समितिले अक्टोबर २ तारिख आइतबारका दिन सिड्नीको अबर्न पार्कमा शुभकामना आदान प्रदान तथा बार्बिक्यु कार्यक्रम गर्यो । नेपाली कांग्रेसको प्रबास संगठनको रुपमा रहेको जनसम्पर्क समिति द्वारा आयोजित सो कार्यक्रममा सिड्नीका कांग्रेस समर्थकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

जनसम्पर्क समिति एनएसडब्लु राज्य संयोजक सितन खाडको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनसम्पर्क समिति अस्ट्रेलियाका सस्थापक एबं एनआरएनए ओसेनिया संयोजक दिनेशराज जोशी ,जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङ , एनआरएनए आईसीसी सदस्य बुद्धि दर्लाकोटि , एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ ,उपाध्यक्ष देव गुरुङ , कोषाध्यक्ष अनिल पोखरेल,,जनसम्पर्क समितिका ईथान शाक्य ,नयाँका अध्यक्ष निजन चौलागाईँ, एनएडीएफका पूर्व अध्यक्ष विवेक थापा , एनआरएनए आईसीसीका पूर्व सदस्य छबि सापकोटा,चितवन नेपाली कांग्रेसका पूर्व पार्टी सभापति विकास कोईराला लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । बक्ताहरुले जनसम्पर्क समितिलाई प्रबासमा रहेका नेपाली हरुको सुख दुखको साथी सस्थाको रुपमा स्थापित गराउनु पर्नेमा जोड दिदै यसका लागि छरिएर रहेका डेमोक्र्याट साथीहरुलाई समेटेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।


NEPAL NEWS Team
593 views

सम्बन्धित समाचारहरु