Wednesday, June 12, 2024

नयाँको अध्यक्षमा निजन चौलागाई


  • October 3, 2022


नयाँको अध्यक्षमा निजन चौलागाई

सिड्नी नेपाली अस्ट्रेलियन युथ एसोसियसन को हालै सम्पन्न साधारण सभाले निजन चौलागाईं को अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । सस्थाको उपाध्यक्षद्वयमा शंकर तिवारी र बिपिन थापा, महासचिबमा सत्यप्रकास कंडेल ,सचिबमा बिनोद केसी ,कोषाध्यक्षमा श्रवण भट्टराईलाई चयन गरिएको छ । त्यसैगरी सस्थाको कार्यसमितिका सदस्यहरुमा नेत्र पौडेल ,सुजन तिवारी ,भुवनजंग बस्नेत ,प्रेमबहादुर महरा र सुनिल गौतम रहेका छन् । सस्थाको महिला संयोजकमा पुजा चन्द ,उप – संयोजकमा करिस्मा खतिवडा ,र सदस्यहरुमा रोजिना गिरि ,प्रप्रिती शर्मा ,देबी राणा,र ममता तिवारीलाई चयन गरिएको सो सस्थाले जनाएको छ । यहि सेप्टेम्बर २२ तारिख बिहिबार रक्डेल स्थित झरना फंसन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच नयाँ कार्यसमितिको चयन गरिएको हो । कार्यक्रमका बक्ताहरुले सस्थालाई सस्थागत रुपमा अगाडी बढाउन सके मात्र सस्थाले लिएको उद्देस्य प्राप्त हुन सक्ने बताउदै त्यसका लागि आफुहरुको साथ र सहयोग रहने बताए ।


NEPAL NEWS Team
400 views

सम्बन्धित समाचारहरु