Saturday, April 13, 2024

ग्रानभिल नेपाली समाजको भब्य दशै कार्यक्रम


  • October 1, 2022


ग्रानभिल नेपाली समाजको भब्य दशै कार्यक्रम

कृष्ण तिवारी

अस्ट्रेलियाको सीडनी शहरको पश्चिमी क्षेत्रमा घना नेपाली बस्ती भएको टोल हो ग्रानभिल । यस क्षेत्रको कम्बरल्यान्ड काउन्सिलमा मात्र करिब आठ हजार नेपालीको बसोबास भएको तथ्यांकमा उल्लेख छ । यसै ग्रानभिल क्षेत्रमा निकै पहिले देखि प्रारम्भ गरिएको दशै शुभकामना साझ यस बर्षपनि निकै हर्षोउल्लासका साथ शनिबार सम्पन्न भएको छ ।
पछिल्ला समयमा बिध्यार्थी र यतै स्थायी बसोबास गर्ने नेपाली समुदायको बढोत्तरीसँंगै नेपाली चाडपर्वपनि निकै भब्य र सभ्य रुपमा मनाउन थालिएको छ । यसै क्रममा शनिबार ग्रानभिल नेपाली समाजको आयोजनामा सम्पन्न दशै साझमा नेपालवाट आउनु भएका नेपाली अभिभावक तथा स्थानियहरुले निकै रमझम र नाचगानका साथ आफ्नो चाडपर्व मनाएको दृष्य निकै रमाइलो देखिन्थ्यो । स्थानिय ग्रानभिल नेपाली अभिभावक समाज र अर्वन नेपाली अभिभावक समाजका सदस्यहरुको बाक्लो उपस्थीती रहेको कार्यक्रममा मध्यरातसम्म नेपाली गित संगित र लोकभाका घन्केको थियो । ग्रानभिल नेपाली समाजका उपाध्यक्ष भिम बस्नेतको स्वागतवाट प्रारम्भ भएको कार्यक्रममा पण्डीत बालचन्द्र अधिकारीले दुर्गा पुजा र चन्डी पाठ गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । समाजका अध्यक्ष रमेश थापाले हरेक बर्ष सीड्नीमा दशै साझँका रुपमा मनाइने ग्रानभिलको कार्यक्रम सबै नेपालीका लागि महत्वको कार्यक्रम भएको बताए । दुइ दशक अघि जतिबेला नेपाली समाज निकै सानो थियो त्यती बेलादेखि चल्दै आएको यो दशै साँंझ ग्रानभिलको मात्र नभइ सबैको साझा कार्यक्रम रहेको थापाले सुनाए । अध्यक्ष थापाले यस पटक बिशेषगरी नेपालवाट पाल्नु भएको अभिभावकहरुको बिशेष उपस्थीतीमा दशै साँंझले थप रौनकता थपेको समेत बताए । एनआरएन ओसेनियाकी संयोजक उषा बारिया पोखरेलले सन्चालन गरेको कार्यक्रममा
कार्यक्रममा गायकद्धय रुपक डोटेल र प्रदेश लिम्बुले आफ्नो प्रस्तुती दिएका थिए ।


कार्यक्रममा नेपाली समुदायका अगुवाहरु बिष्णु हमाल ,जनसम्पर्क समितीका अध्यक्ष सुरेश गुरुङ लगायतले नेपालीहरुका माहान चाड दशैको अवसरमा सबैमा शुभकामना साटेका थिए । कार्यक्रममा एनआरएनका उपाध्यक्ष देव गुरुङ, जनसम्पर्क समितीका उपाध्यक्ष राजेश केसी, कला संस्ृकतीकी अध्यक्ष सुजाता बस्नेत, नवाजका अध्यक्ष चिरन तिवारी, भरत पन्त लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा मुन लाइट नेप्लीज ग्रोसरीको सहयोग तथा
फ्लेभर्स अफ नेपालको मिठो खानाले सबैको मन जितेको थियो ।


Nepal News Australia
603 views

सम्बन्धित समाचारहरु