नेपाल एम्बेसी कप २०२२ युनाईटेड फुटवल क्लवलाई


  • September 22, 2022


नेपाल एम्बेसी कप २०२२ युनाईटेड फुटवल क्लवलाई

एनएनए प्रतिनिधि

सिड्नी । क्यानवेरामा १७ सेप्टेम्वरमा सम्पन्न ” चौथो S&S र Right & Associates नेपाल एम्बासी कप २०२२” युनाईटेड फुटवल क्लवले जितेको छ । युनाईटेड फुटवल क्लवले सेन्ट जर्ज नेपाली फुटवल क्लवलाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको हो । भएको थियो ।“क्यानवेरा नेप्लिज फुटबल क्लबको आयोजनामा ”क्यानवेराको अष्ट्रेलीयन इंस्टीट्यूट अफ स्पोर्ट्स (AIS) को फुटबल मैदानमा सम्पन्न सो प्रतियोगिताका बिजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई अस्ट्रेलियाका लागी नेपालका राजदुत कैलाश राज पोखरेलले नगद तथा ट्रफी र प्रदान गरे । प्रतियोगितामा प्रथम भएको युनाईटेड फुटवल क्लव र उपविजेता सेन्ट जर्ज नेपाली फुटवल क्लवले क्रमस ४ हजार र २ हजार अस्ट्रेलियन डलर सहित शिल्ड तथा मेडल प्राप्त गर्यो । प्रतियोगितामा खुकुरी एफसीले फेयर प्ले टिम को उपाधि हासिल गर्यो । लिग कम नकआउटको आधारमा खेलिएको सो एकदिवसीय प्रतियोगितामा उत्कृष्ट डिफेन्डर सेन्ट जर्ज नेपाली क्लबका शिव गिरी घोषित भए भने उत्कृष्ट मिडफिल्डरमा युनाइटेड एफसी मेलबर्नका सन्तोष तामाङ बनेको आयोजक सस्थाले जनाएको छ । त्यस्तै उत्कृष्ट किपरमा युएफसीका विवेक अधिकारी, युएफसीबाटै दर्शन गुरुङ सर्वोउत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडी बनेका थिए । प्रतियोगिताको औपचारिक कार्यक्रमको अध्यक्षता आयोजक क्लबका अध्यक्ष सुरज पौडेलले गरेका थिए । प्रतियोगिता क्यानबेरास्थित विभिन्न सामाजिक सस्थाका प्रतिनिधि एबं क्यानबेरामा बसोबास गरेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


NEPAL NEWS Team
479 views

सम्बन्धित समाचारहरु