कोषका लागी एनआरएनए अस्ट्रेलियाले गाला डिनर गर्ने


  • September 22, 2022


कोषका लागी एनआरएनए अस्ट्रेलियाले गाला डिनर गर्ने

एनएनए प्रतिनिधि

सिड्नी । अस्ट्रेलियामा नेपालीको संख्या बढ्दै हाम्रो समाजमा आइ पर्ने आपतकालिन सहयोग उपलब्ध गराउने उद्देस्य साथ एनआरएनए अस्ट्रेलियाले सन् २०११ मा स्थापित गरेको सामाजिक कल्याण कोषमा रकम संकलन गर्न यहि सेप्टेम्बर २३ तारिख सिड्नीमा गाला डिनर कार्यक्रम गर्न भएको छ । बिशेस गरि गरि अफ्त्यारोमा परेका नेपाली बिध्यार्थिहरु लाई धेरै थोरै यहि कोष मार्फत आर्थिक सहयोग उपलब्ध गराउदै आएको एनआरएन अस्ट्रेलियाको यो एक महत्वपूर्ण कार्यक्रम रहदै आएको छ । यसको नियमित आम्दानीको भरपर्दो स्रोत नभएकोले गाला डिनर मार्फत केहि रकम संकलन गर्न लागिएको सस्थाले जनाएको छ । एनआरएन अस्ट्रेलियाको सदस्यता शुल्क मध्ये ५ डलर सामाजिक कल्याण कोषमा जम्मा हुने गर्दछ । अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाश राज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो कार्यक्रममा नेपाल आईडलका उप विजेता विक्रम बरालले एकल सागींतिक प्रस्तुती दिने छन् । रक्देल स्थित झरना फंक्सन सेन्टरमा हुने सो कार्यक्रममा सहभागी भएर सस्थाले लिएको पबित्र उद्देस्य प्राप्तिका लागि सहयोग गर्न सबैसंग सस्थाले अनुरोध समेत गरेको छ यो कोष मार्फत गत बर्ष मात्र करिब ६० परिवार /बिद्यार्थीले झन्डै ७३ हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग प्राप्त गरेका थिए ।


NEPAL NEWS Team
396 views

सम्बन्धित समाचारहरु