बरउड पार्कमा सीडनीको नेपाल महोत्सव


  • September 18, 2022


बरउड पार्कमा सीडनीको नेपाल महोत्सव

नेपाली भाषा, कला, संस्कृती, पर्यटनलाई अस्ट्रेलियाका बिभिन्न समुदायवीच प्रर्बद्धन गर्ने उदेश्यले हरेक दुई बर्षमा आयोजना गरिदै आएको नेपाल महोत्सव यस पटक सीडनीको बरउड पार्कमा नोभेम्बर १९ मा आयोजना हुने भएको छ ।
सधै शहरको मुख्य केन्द्रमा डार्लिङ हार्वरमा आयोजना हुदै आएको सीडनी नेपाल महोत्सव यस पटक फरक र अलग पहिचानका साथ शहरवाट थोरै बाहिर बरउड पार्कमा आयोजना हुन लागेको एनआरएन एनएसडब्लु संयोजक देब गुरुङले आइतबार आयोजिक पत्रकार सम्मेलनमा बताए । संयोजक
गुरुङले यस पटक सहज पार्किङ र फराकिलो स्थान अनि सबैको लागि शुलभ स्थानका रुपमा परिचित बरउड क्षेत्रमा महोत्सव गरिन लागेको सुनाए ।संयोजक देब गुरुङले यस पटक अस्ट्रेलियाको प्रधानमन्त्रीदेखि लिएर मल्टी कल्चर मन्त्री समेतलाई निमन्त्रणा दिइएको सुनाए ।
अस्ट्रेलिया र नेपालवीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्धन गर्न एनआरएन अस्ट्रेलियाको एनएसडब्लु राज्य समितीद्धारा आयोजना गरिदै आएको यस महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रुपमा समेत हेरिने एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए । कुल एक लाख चालिस हजार डलर बजेट रहेको यस महोत्सवमा प्रायोजक, स्टल र सहयोगीहरुवाट सो रकम उठाइने लक्ष्य रहेको बताए । कार्यक्रमको मुख्य प्रायोजकका रुपमा क्वीन्सफोर्ड कलेजले हात बढाएको कार्यक्रममा कोषाध्यक्ष पोखरेलले जानकारी गराए । मुख्य प्रायोजक क्वीन्सफोर्ड कलेजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनआरएन एनएसडब्लु समितीका सचिब बिनोद कुवरले एनआरएनको सिग्नेचर इभेन्टका रुपमा रहेको नेपाल महोत्सवको आफ्नै बिशेषता र महत्व भएकोले यसलाई सफल बनाउन सीडनीमा रहेको नेपाली समाज र अगुवाहरुको सहभागिता महत्वपुर्ण रहने बताए । एनआरएन त आयोजक मात्र हो ,महोत्सव त सीडनीमा बस्ने सबै नेपालीको हो र यसका लागि सबैको सहभागिता जरुरी छ ,सचिब कुवरले बताए ।
कार्यक्रममा एनएसडब्लु राज्यकी कोषाध्यक्ष भावना श्रेष्ठले पहिलो पटक एनएसडब्लु राज्य समितीलाई यस महोत्सव वापत अस्ट्रेलियन सरकारले सहयोग समेत गरेको सुनाइन । कोषाध्यक्ष भावनाले मल्टी कल्चर न्यु साउथवेल्सले यस महोत्सवलाई १५ हजार चार सय डलर सहयोग गरेको जानकारी दिइन । कार्यक्रममा महोत्सव तयारीको लागि बिभिन्न समितीहरु बनाइएको र टास्क फोर्समा एनएसडब्लुमा रहेका सबै डाइरेक्टरहरु समेत रहेको जानकारी दिए । महोत्सव सफल बनाउन ओसेनिया महिला संयोजक उषा बारीया पोखरेलको संयोजकत्वमा सांस्कृतीक समिती ,एनआरएनकी सचिब संन्ध्या शाहको
संयोजकत्वमा परेड,एनएसडब्लु उपाध्यक्ष स्वीकृती भट्टको संयोजकत्वमा नेपाल हाउस, सचिब बिनोद कुवरको संयोजकत्वमा आइटी समिती, बिक्रम दाहालको संयोजकत्वमा स्टेज व्यबस्थापन लगायतको टिम बनाइएको जानकारी दिए । कार्यक्रममा रिदम ब्यान्डसंगै दिपक बज्राचार्यको टोलीले मनोरन्जन पस्कने तय भैसकेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा एनआरएनका पुर्व आइसीसी उपाध्यक्ष मन खत्री, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल, युवा अभियन्ता सत्य प्रकाश कडेंल, शैक्षिक व्यबशायी सुवासं शाहलगायतको उपस्थीती रहेको थियो ।


Nepal News Australia
803 views

सम्बन्धित समाचारहरु