महारानी एलिजाबेथ द्वितीयाको छयानब्बे बर्षको उमेरमा निधन


  • September 9, 2022


महारानी एलिजाबेथ द्वितीयाको छयानब्बे बर्षको उमेरमा निधन

एनएनए प्रतिनिधि

सिड्नी ,९ सेप्टेम्बर । महारानी एलिजाबेथ द्वितीयाको ९६ बर्षको उमेरमा हिजो बेलायतको बल्मोरल क्यासलमा निधन भएको छ । सन् १९२६ अप्रिल २१ मा लण्डनको माईफ़ेयरमा जन्मिएकी उनि बेलायतमा सबैभन्दा लामो समय साशन गर्ने रास्ट्र प्रमुख हुन् । उनले ६ फरेबुअरी १९५२ देखि ८ सेप्टेम्बर २०२२ सम्म बेलायतको राजगद्दीमा ७० बर्ष २ सय १४ दिन शासन गरिन । राजा जर्ज छैठौँ कि छोरी महारानी एलिजाबेथ द्वितीयाको निधन पछि आधुनिक मानब इतिहासको एउटा पाटोको अन्त्य भएको छ ।

विन्स्टन चर्चिलदेखी तीन दिन अघि मात्र प्रधानमन्त्री बनेकी लिज ट्रससम्म आईपुग्दा महारानी एलिजाबेथ द्वितीयासंग उनको शासन अबधिमा १५ जना प्रधानमन्त्रीले काम गर्ने सौभाग्य पाए । आफ्नो भौतिक शरीर त्यागेर गएकी महारानीले यो सँसारलाई अनौठो, अनुकरणीय र अद्वितीय क्षण, परिबेश र परिघटनाहरूको दस्तावेज, नासो र बिरासत छोडेर गएकी छन

। सन् १९५२ मा सत्तारोहण गरेकी उनले बेलायत संगै १४ बटा कमनवेल्थ देशको रास्ट्र प्रमुख हुन् । उनका उनको निधन पछि जेठा छोरा राजकुमार चार्ल्स बेलायतको राजा बनेका छन् भने कमिला क्वीन कन्सर्टवा रानीको भूमिकामा रहने भएकी छन । । श्रीमान राजकुमार फिलिपको निधनको १७ महिना पछि महारानी एलिजाबेथले शान्तिपूर्ण देहत्याग गरेकी हुन् । रानीको निधनमा बेलायतले १२ देखी १३ दिनसम्म शोक मनाउनेछ । बिबिसीले नियमित प्रसारण रोकेर महारानी एलिजाबेथको निधनको खबरलाई औपचारिक रूपमा प्रस्तुत गर्दै ऐतिहासिक क्षण र दस्तावेजहरूको प्रकाशन प्रसारण गरिरहेको छ ।

नेपालमा समेत लोकप्रिय रहेकी उनले दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार एलिजाबेथ द्वितीय र राजकुमार प्रिन्सले सन् १९६१ र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेका हुन् । दोस्रो विश्वयुद्धपछि अमेरिकाले नेतृत्व गरेको पश्चिमा र तत्कालीन सोभियत युनियनबीच शीतयुद्धको समय चलिरहँदा एलिजाबेथ–दम्पती नेपाल आएको थियो । सन् १९६१ मा पहिलो पटक आउँदा उनीहरूलाई काठमाडौंको त्रिभुवन विमानस्थलमा तत्कालीन राजा महेन्द्र र रानी रत्नले स्वागत गरेका थिए । यिनको नेपाल भ्रमण तथा चितवन राष्ट्रिय निकुञ्जमा बाघ शिकारको रोचक वर्णन ‘टाइगर फर ब्रेकफास्ट’मा सजीव ढंगले गरिएको छ । बेलायती राजतन्त्र, राजपरिवार र रानीमाथि धेरै किताब लेखिएका छन् । ‘किंग्स स्पिच’, ‘एलिजावेथ’ जस्ता सुन्दर फिल्म पनि बनेका छन् । सन् १८१६ मा सुगौली सन्धि भएलगत्तै नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक बेलायत नै हो । नेपाल न्युज अस्ट्रेलिया महारानी एलिजाबेथ द्वितीयाको निधन प्रति गहिरो दुख व्यक्त गर्दछ ।

फोटो साभार ; सामाजिक संजाल


NEPAL NEWS Team
488 views

सम्बन्धित समाचारहरु