किंग्सफोर्ड कलेजको करियर एक्पो २०२२ सम्पन्न


  • August 19, 2022


किंग्सफोर्ड कलेजको करियर एक्पो २०२२ सम्पन्न


सिड्नी । विगत चार बर्षदेखि नेपाली व्यवसायीद्वारा सन्चालनमा आएको किंग्सफोर्ड इन्टरनेशनल इन्स्टिच्यूटले कलेजमा कुकरी र हस्पिटालिटी मेनेज्मेन्ट पढीरहेका बिध्यार्थीहरूका लागि ‘करिएर एक्सपो २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । कमर्शिएल कुकरी र हस्पिटालिटी मेनेज्मेन्ट पढिरहेका बिध्यार्थीहरूका लागि ३६० घण्टा वर्क प्लेसमेन्ट गर्नुपर्ने हुनाले यस कार्यक्रमबाट विद्यार्थी ल्ँँभ्ँँन्भित हुने कलेजका सन्चालक मध्येका एक भिम खरेलले नेपाल न्यूज अस्टेलियालाई जानकारी दिए ।
यस्तो कार्यक्रमले बिध्यार्थीहरूको नेटवर्किंग बढ्ने र उनीहरूलाई रोजगारीको अबसर पनि मिल्ने बिश्वास कलेजले लिएको छ । कलेजले आफ्ंना अध्ययनरत बिध्यार्थीहरूलाई उपयोगी हुने र उनीहरूको रोजगारीका लागि बिशेष महत्व राख्ने बिभिन्न शैक्षिक मेला र एक्स पो जस्ता कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । अहिले यो कलेज सिड्नीमा तीन र मेलबर्नमा एउटा गरेर जम्मा चार वटा सन्चालनमा आइरहेको छ ।
कार्यक्रममा अष्ट्रेलिया लगायत अन्य मूलुकहरूमा पनि नेटवर्क रहेका होटलहरूका प्रतिनिधि र बिध्यार्थीहरूबीच कोभिड–१९ का कारण हस्पिटालिटी क्षेत्रमा परेको मार र अब आगामी दिनमा हस्पिटालिटी क्षेत्र कसरी अगाडि बढ्न सक्छ भन्ने बिषयमा छलफल भएको थियो । उक्त छलफलमा सिड्नीका उत्कृष्ट होटल र रेष्टुरेण्ट चेनसंग आबद्द प्रतिनिधिहरूको सहभागिता थियो । जसमा नोभोटेल, मेरिभेल ग्रुप होटल, रकपुल वार एण्ड ग्रिल र फलेभ रेष्टुरेण्टका प्रतिनिधिहरूले बिध्यार्थीहरूलाई प्लेसमेन्टका साथै रोजगारी उपलब्ध गराउंन सकिने खालका अन्तरबार्ता पनि लिएका थिए । किंग्सफोर्डले हाल आइटी ,एकाउन्टिंग, बिजनेश, लिडरशिप मेनेज्मेन्ट,कुकरी, हस्पिटालिटी मेनेज्मेन्ट, मेन्टल हेल्थ र कम्यूनिटी सर्भिस लगायतका बिषयमा अध्यापन गराइरहेको छ ।


NEPAL NEWS Team
315 views

सम्बन्धित समाचारहरु