नेपालको पर्यटन प्रबर्धन गर्न ‘सिटी टू सर्फमा नेपाली सहभागी


  • August 17, 2022


नेपालको पर्यटन प्रबर्धन गर्न ‘सिटी टू सर्फमा नेपाली सहभागी

कृष्ण तिवारी

सिड्नी । नेपालको पर्यटन क्षेत्रको पर्वद्धन र प्रचार प्रसार गर्ने उद्धेश्यले यस बर्षको ‘सिटी टू सर्फ’ मा नेपालीहरुले पनि आफ्नो सहभागिता जनाए । यहि अगस्ट १४ तारिख आईतबार बिहान सम्पन्न सो सिटी टु सर्फमा करिब एक सय नेपालीहरुले भाग लिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङले बताएका छन् । नेपाल न्युज अस्ट्रेलिया संग कुरा गर्दै उपाध्यक्ष गुरुङले नेपाली हरुको सहभागिताले नेपालको पर्यताना प्रबर्धनमा टेवा पुर्याउने उद्देस्यले सिटी टू सर्फमा हाम्रो सहभागिता भएको बताए । बिहान ८ बजे सिड्नीको हाईड पार्कबाट सुरु भएको दौड विलियाम स्ट्रिट हुँदै १४ किलोमिटर दुरी पार गरी बोण्डाई बीचमा गएर समापन भएको थियो ।

सिटी टू सर्फको यो पचासौ सिरिजमा पुरुषतर्फ निर्धारित दुरीलाई ४१ मिनेट ८ सेकेण्डमा पुरा गरि ३५ बर्षिय लियाम एडम प्रथम भए भने महिला तर्फ लियाना पोमेनी विजेता बनिन् । उनले निर्धारित दुरी ४५ मिनेट ४० सेकेण्डमा पार गरेकी थिईन् । ‘सिटी टू सर्फ’ मा सहभागी नेपालीहरुले ‘लेट्स गो नेपाल’ अंकित टिसर्ट लगाएर सर्फमा सहभागी भएका थिए । कार्यक्रममा नेपाली राजदुताबास ,एनआरएन अस्ट्रेलिया, बाणिज्य दुताबास ,ब्यबसायी लगायत विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । वेष्ट प्याक बैकं र सिड्नी मडिङ हेराल्डले प्रायोजन मा सम्पन्न यसपटकको ‘सिटी टू सर्फ’ मा ६० हजार जनाले सहभागिता जनाएका थिए ।

Seen by नेपाल न्यूज अस्ट्रेलिया at 11:33 AM

Enter


NEPAL NEWS Team
548 views

सम्बन्धित समाचारहरु