Saturday, August 13, 2022

नेपाली सोसाइटी अफ तास्मनियाको अध्यक्षमा तोयाराज भट्टराई


  • August 2, 2022


नेपाली सोसाइटी अफ तास्मनियाको अध्यक्षमा तोयाराज भट्टराई

सिड्नी । नेपाली सोसाइटी अफ तास्मनियाको हालै सम्पन्न वार्षिक साधारण सभाले सम्मन्न भएको छ । तास्मानियाको मल्टिकल्चरल हलमा शनिबार सम्पन्न साधारणले तोयाराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित नयाँ समितिको उपाध्यक्षमा खडक खनाल, कोषाध्यक्षमा सरोज पाण्डे, सचिवमा बिष्णु भट्टराई चयन भएका छन्

। त्यस्तै सदस्यहरुमा मिलन पौडेल, इश्वरी पौडेल र आषिष तिवारी निर्वाचित भएका छन् । कार्यसमितिको पहिलो बैठकले बाकि दुई सदस्यको चयन गर्ने सस्थाले जनाएको छ । नवनिर्वाचित अध्यक्ष भट्टराईले तास्मानियाको नेपाली समाजको हक हितको लागि सस्थाले अन्य संघ सस्थासंग हातेमालो गरी अघि बढ्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष खगेन्द्र सत्यालले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

Seen by नेपाल न्यूज अस्ट्रेलिया at 8:15 PM

29 views

सम्बन्धित समाचारहरु