Saturday, August 13, 2022

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठानको अध्यक्षमा बिष्णु सापकोटा


  • August 2, 2022


राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठानको अध्यक्षमा बिष्णु सापकोटा

सिड्नी । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान अस्ट्रेलिया शाखाको यहि जुलाई ३० तारिख शनिबार सम्पन्न दोस्रो अधिवेसनले बिष्णु सापकोटाको अध्यक्षतामा नया कार्यसमितिको चयन गरेको छ । सिड्नीको आर्नक्लिफ़ स्थित कोरोनेसन हलमा सम्पन्न सो अधिबेशनले बरिस्ठ उपाध्यक्षमा बिन्दु पौडेल र उपाध्यक्षद्वयमा सुमन पोख्रेल र अर्जुन खनाललाइ चयन गर्यो । त्यसैगरी महासचिबमा प्रकास सापकोटा ,सचिबमा आभृति भुसाल र कोषाध्यक्षमा प्रविन सापकोटा चयन भएका छन् । कार्यसमितिका सदस्यहरुमा सबिन भण्डारी ,रोशन लामा ,निशा के सी ,बिक्रम शर्मा ,सुमन नेउपाने ,गोबिन्द भण्डारी र कामना कंडेल भट्टराई रहेको सो सस्थाले जनाएको छ । राम कंडेल ,दिपक सापकोटा ,कृष्ण सुनार र मुक्तिराम पोखरेललाई सस्थाको सल्लाहकारमा राखिएको छ । नेपाल न्युज अस्ट्रेलिया संग कुरा गर्दै नबनिर्बाचित अध्यक्ष बिष्णु सापकोटाले अस्ट्रेलियामा नेपाली लोक दोहोरि र नेपाली गीत संगीतको प्रबर्धन गर्न सस्थाले विभिन्न कार्यक्रम गर्ने बताए । उनले सस्थाको गरिमालाई जोगाउदै यसले लिएको उद्देश्य प्राप्तिको लागि यहाको नेपाली समुदायले सक्दो सहयोग गर्ने बिस्वास व्यक्त गरे ।


27 views

सम्बन्धित समाचारहरु