Saturday, December 2, 2023

नेपाल न्यूज अस्ट्रेलियाको नबौ बार्षिकोत्सब सम्पन्न


  • June 29, 2022


नेपाल न्यूज अस्ट्रेलियाको नबौ  बार्षिकोत्सब सम्पन्न

सिड्नी । सन् २०१३ देखी अस्ट्रेलियाको सिड्नीमा संचालनमा रहेको नेपाल न्यूज अस्ट्रेलियाको नबौ बार्षिकोत्सब बरिष्ठ पत्रकार एबं लेखक नारायण वाग्लेको प्रमुख आतिथ्यतामा जुन २४ तारिख शुक्रबार सम्पन्न भएको छ । सिड्नीको रक्डेल स्थित ईन्द्रेणि फंसन सेन्टरमा आयोजित सो बार्सिकोत्साब समारोहमा प्रमुख अतिथि वाग्लेसंग मेडियासंग समन्धित रहेर अन्तरसम्बाद गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै बरिस्ठ पत्रकार वाग्लेले सुचना प्रविधिको बिकासक्रमले सुचना लिने र दिने प्रक्रिया बदलिएको बताउदै यसले सम्पादकको सुचना पहुचमा चुनौती थपिदिएको बताए । उनले कुनै पनि समाचार सम्पादन गर्दा त्यो समाचारले समाज र पाठकमा पार्ने प्रभावका बारेमा संचारकर्मीहरु चनाखो हुनुपर्ने कुरामा जोड दिए । पत्रकार वाग्लेले यू ट्युब ,फेस बुक लगायतका सामाजिक संजालको प्रयोगका कारणले समाचारको आधिकारिताका पुस्टिमा पत्रकारहरुले थप चुनौतीको सामना गर्नु परेको उल्लेख गरे । अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदुत कुलबहादुर मगरले संचारकर्मीहरु सहि सुचना सम्प्रेसण गर्न आग्रह गर्दै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको बास्तबिक समस्या पहिचान गर्न र त्यसको सहि तरिकाले समाधान गर्न संचार क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । कार्यक्रमका प्रमुख पार्टनर मेट्रो होम्सका कार्यकारी प्रमुख ज्ञानेन्द्र कार्कीले राज्यको चौथो अंगको रुपमा रहेको संचार क्षेत्र संग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे । उनले नेपालको आर्थिक एबं सामाजिक बिकासमा नेपाल सरकाले बिदेशमा बस्ने नेपालीहरुसंग साथ र सहयोग लिएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।


नेपाल न्यूज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कानुन ब्यबसायी एबं नेपाल न्यूज अस्ट्रेलियाका कानूनी सल्लाहकार डा सम्सेर सिङ्ग थापा , बरिस्ठ पत्रकार सुवास ढकाल ,नेपाल टेलिभिजनका सम्पादक सुरेन्द्र पौडेल , रेडियो नेपालका पत्रकार अजराज बम , एनएसडब्लुका लागि नेपाली बाणिज्यदुत दीपक खड्का ,एनआरएनएका उपाध्यक्ष धर्मराज अधिकारी, ओसेनिया संयोजक एबं नेपाल न्यूज अस्ट्रेलियाका अपरेसनल म्यानेजर दिनेशराज जोशी , एनआरएनए अस्ट्रेलियाका कोशाध्यक्ष अनिल पोखरेल , ब्यबसायी एबं सामाजिक अभियन्ता भवानी ओली ,एञ्जाका अध्यक्ष ऋषि आचार्य , प्रबासी नेपाली मंचका रमेश पाण्डे ,जनसम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङ ,”मेरी उनि र म” पुस्ताका लेखक रामप्रसाद कोइराला लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

सो अवसरमा नेपाल न्यूज अस्ट्रेलियाको नबौ बार्षिकोत्सब कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउनुहुने विभिन्न ब्यबसायी एबं व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल न्यूज अस्ट्रेलियाका सम्पादक कृष्ण तिवारी र म्यानेजिङ्ग डाइरेक्टर हेमन्त काफ्लेले नेपाल न्यूज अस्ट्रेलियाको बारेमा आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा कलाकारहरु रमण रेग्मी र जेनिशा गौतमले पनि आ आफ्नो सांगेतिक र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न सस्थाका प्रतिनिधि तथा ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।


Nepal News Australia
657 views

सम्बन्धित समाचारहरु