अस्ट्रेलियामा घर किनीहालौ कि पर्खौ ?


  • June 13, 2022


अस्ट्रेलियामा घर किनीहालौ कि पर्खौ ?

By Chura Mani Belbase

संसारमै देखिइरहेको बढ्दो इन्फ्लेसन, बढ्दो ब्याजदर, अस्ट्रेलिया र चाइनाको सम्बन्धमा देखिएको चिसोपना र यसबाट उत्पन्न ब्यापारिक असर,रसिया-युक्रेन लडाईको असर आदी कारणहरु बाट अस्ट्रेलियाको अर्थतन्त्र पनि अछुतो रहन नसक्ने अवस्था देखिईसकेको छ। उदाहरणको लागि हामी सबैले अनुभब गरेको कुरा सामानको भाऊ आकासिएको छ, बैंकहरुले ब्याजदर बढाई सके, अब अर्थतन्त्र कताजान्छ, प्रोपर्टीको भाऊ के हुने हो,तुरुन्तै किन्दा जितिने हो कि, केहि समय पर्खिदा ठिक हुनेहो ? चासो राख्नेहरुमध्ये धेरैको मनमा खेल्ने कुराहरु यिनै होलान।

अब ठ्याकै यहि हुन्छ त्यसकारण यसो गर्नु भनेर ज्योतिषीको भाषामा भन्न त त्यति सजिलो नहोला किनकी अर्थतन्त्र,प्रोपर्टी मार्केट भन्नेकुरा एउटा मात्र फ्याक्टरले डोराएको हुदैन तरपनि अहिलेको अस्बस्थामा के ले काम गरि रहेको छ र अब कता मोडने सम्भाबना हुनसक्छ भन्ने कुरा केलाउने कोशिस चाही गर्न सकिन्छ l सर्सतीहेर्दा अहिलेको अवस्थामा निम्न कुराहरु सान्धर्विक देखिन्छन।

इन्फ्लेसन:

अहिलेको सबैभन्दा जल्दोबल्दो र सबैको लागि घाडो भएको समस्या भनेको इन्प्लेसन हो। साच्चै भन्नु पर्दा अहिलेको समस्याको कडी भनेकै यहि हो जसको कारणले सबैतिर मुल्यबृद्धी आकासिएको छ। यसको कन्ट्रोलको लागि रिजर्ब बैंकले ब्याजदर बढाउन शुरु गरि सक्यो र इन्फ्लेसन कन्ट्रोल नभए सम्म ब्याजदर बढाउनेक्रम रोकिने जस्तो देखिदैन। इन्फ्लेसनको लगनगाठो ब्याजदर र ब्याजदरको लगनगाठो प्रोपर्टी मार्केटमा जोडिएकोले यसको सिधाअसर प्रोपर्टी मार्केटमा पनि परिसकेको छ र अझै पर्ने वाला देखिन्छ

के कारणले इन्फ्लेसन बढिरहेको छ त ?

यसरी एकाएक इन्फ्लेसन बढ्नुमा एउटामात्र कारण नभएर विभिन्न कारणहरु छन जसमध्ये गएको २-३ बर्ष संसारनै कोभीडले आक्रान्तभयो सबै देशले लकडाउनहरुको सामना गर्नुपर्यो यसले उत्पादन देखि सबैतिर सिधा असर गर्यो अझैपनि चाइना र अन्य मुलुकमा लकडाउन बेलाबेलामा भै रहेको सुन्नमा आईरहन्छ जसको असर उत्पादनमा र ढुवानीमा परिरहेको छ। तेति बेलादेखि संग्लेको असर जब संसार नर्मल अवस्थामा फर्किदै गयो सबैचिज सबैतिर खुल्दै जादा एकाएक हरेकचिजको माग बढ्न थाल्यो तर २-३ बर्षको लकडाउनले लोजिस्टिक धरासही जस्तै हुन पुगेको थियो जसले गर्दा चाहिएको र भनेजति सामान समयमा उत्पादन,ढुवानी र पूर्तिहुन सकेन यसको एउटा मुख्यकारण लकडाउनकोबेला थुप्रै कम्पनीहरुले कर्मचारीहरु कटौती गरे, ति कर्मचारीहरु मध्ये ठुलै हिस्सा अर्को काम खोजेर अन्तै लागिसके,जब लकडाउन खुल्दै गयो पुराना कामगर्ने मान्छे छैनन नया पाउनु पर्यो,ट्रेनिङ्ग दिनु पर्यो जसको कारण पुरा प्रोसेसनै ढिला हुन पुग्यो। यसकारणले पनि सामान तथा सेबा हरुको मागभन्दा पूर्ति कम हुनगयो यसोभएपछि भाउ बढ़नु स्वभाविक नै हो त्यसमाथि हालैको रुस र उक्रेनको लडाईले तेलको भाउ बढाई दिएर आगोमा घिउ थप्ने काम गरिदियो।

संसारका सबैजसो देशहरु जस्तो न्युजील्यान्ड,अमेरिका र धैरैजसो युरोपियन देशहरु जुन अस्ट्रेलियाका ब्यापारिक पाटनर हरुहुन उनीहरु पनि यिनै कारणहरुले गर्दा इन्फ्लेसनको चपेटामा छन यसको प्रत्यक्ष असर अस्ट्रेलियामा पर्न गयो।

अर्कोकुरा गएको केहि बर्षदेखि अस्ट्रेलिया र यसको मुख्य ब्यापरीक पाटनर चाइना संगको सम्बन्धमा तितोपना आएको छ यसको प्रत्यक्ष असर यहाको माईनिंग,कन्सट्रक्सन् र रिटेल इन्डस्ट्रीमा परेको छ। जब चाइनाबाट आउने समाननै नआए पछि वा कम आएपछि भाऊ बढ्नु स्वभाबिकै हो। अर्कोतर्फ अलि नमिल्ने कुराजस्तो लाग्ने, अस्ट्रेलियाको बेरोजगारी इतिहासमै सबैभन्दा कम भएको बेला छ यसको मतलब सबैजसो मान्छे रोजगार भएपछि त उत्पादन बढनु पर्ने उत्पादन बढेपछि आपूर्ति बढ्नु पर्ने आपूर्ति प्रसस्त भएपछी त मुल्य घट्नु पर्नेहो तर यहाँ उल्टो भए जस्तो देखिन्छ यसको मतलब भएका रिसोर्सेसहरुको उचित एलोकेशन नभएको हो की ? वा माथिका कारणहरुले डोमीनेट गरेको हो यो पनि सोच्नु पर्ने बिषय छ। जे भएपनि हालको समस्या भित्रको समस्यामा लेबर फोर्सको सर्टेज पनि पर्छ नै।

इन्फ्लेसन कसरी र कहिलेसम्ममा कन्ट्रोल होला त ?

अस्ट्रेलियन रिजर्वबैंकले सन २०२४ सम्म ब्याजदर बढाउनु पर्ने स्थिति नआउन सक्ने भनेर दिएको हिन्टलाई आधार मानेर ठुला बैंकहरुले नै ४ वर्षको फिक्स रेट केहि महिना अघि सम्म २% भन्दा तल कायम गरेको र एकाएक केहि महिना भित्रै डबल बनाएको तथ्य हाम्रो अगाडी नै छ।

इन्फ्लेसनले यति छिटो ओवरटेक गर्ला र तुरुन्ता तुरुन्तै ब्याजदर बढाउनु पर्ला भनेर रिजार्व बैंकले पनि सोचेको थिएन होला, यस्तो अवस्था आउनुमा कोभिड रिकोवरी सोचेभन्दा छिटो भयो, सबैतिर काम शुरु भयो तर सप्लाईको लागि चाहिने सप्लाई चेन बढ़दो मागलाई पुग्ने गरि तयार हुन सकेन। अब बिशेष गरेर चाइनाले अलि अलि कोभिड आउन वित्तिकै लकडाउन नगर्ने हो र सबै तिर बाट छिटो भन्दा छिटो हालको सप्लाई चेन लाई ट्रयाकमा ल्याउने हो भने धेरै हद सम्म इन्फ्लेसन कन्ट्रोल होला तर रुस र उक्रेनको लडाई नरोकिए सम्म तेलको भाउको कारणले पनि सोचे जति कन्ट्रोल नहुन सक्छ। अर्कोतिर अमेरिकाको इन्फ्लेसन अलि गम्भिर छ खाली लोजिस्टिकको समस्या हल भएर पार पाइने खालको छैन उनिहरुले एती पैसा छापेका छन कि अब इन्फ्लेसन कसरी कन्ट्रोल गर्नेल भन्ने कुरा उनिहरु लाई नै च्यालेन्ज भएको छ,अमेरिकाको असर लामो समय सम्म यहाँ पनि पर्ने देखिन्छ l उपाय केहि छ त ? इन्फ्लेसन कन्ट्रोललाई दुइ टर्ममा बाढेर हेर्न सकिन्छ।

अल्पकालीन समाधान:

रुस उक्रेन युद्धको अन्त्य – यो युद्धले थुप्रै समस्याहरु निम्ताएको छ र निम्ताउदै छ तर सबैभन्दा सिधा असर भनेको तेलको भाउ बड्नु हो, अहिले तेलबाटनै धैरै कुराहरु गर्न सकिने हुदा तेलको आपूर्ति र यसको मूल्यले विश्व अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ। रुस र युक्रेनको समस्या तुरुन्तै हलहुने जस्तो त देखिदैन तर केहि गरि युद्ध वार की पार भयो भने कम्तिमा बजार स्टेबल हुने र तेलको मूल्यमा गिरावट भै इन्फ्लेसन कन्ट्रोलमा सहयोग पुग्ने देखिन्छ।

सप्लाई चेनमा सुधार – अहिलेको इन्फ्लेसनलाई मलजल गर्ने मुख्य समस्या भनेको सप्लाई चेन हो, यसो हेर्दा यो लामो समय रहिरहने जस्तो लाग्दैन। नर्मल अबस्था आउन बित्तिकै इन्फ्लेसनमा सुधार हुने देखिन्छ।

लेबर मार्केटमा सुधार – अस्ट्रेलियाको हकमा बेरोजगारी एकदम कम छ सरसर्ती हेर्दा सबै रोजगार भएको ठाउमा लेबर मार्केटको समस्या नदेखिनु पर्ने हो तर केहि न केहि मिसम्याच भएको जस्तो देखिन्छ तर पनि कोभिडको बेला लकडाउनले गर्दा लेबर मार्केटमा भएको ब्यालेनसमा गडबडी आयो जस्तोकी ब्याक प्याकरहरु फर्किए, फार्मका कामदार एत्रतत्र भए, बिदेशी बिधार्थीहरु रोकिए। अबको फिक्स भनेको विदेशबाट कामदार ल्याउने हो

दिर्घकालिन समाधान

समस्याले समाधानको खोजी गरिरहन्छ। जसरी कोविडको कारणले लकडाउन भयो लकडाउनको कारणले घरबाट काम गर्ने अप्प्सनलाई संस्थागत बनाईदियो, अहिलेको क्राईसिसले पनि

तेलको सट्टा सोलार र इलेक्ट्रिकल सम्भंधित कुराहरुको अधिकतम प्रयोग, लेबर ओरिएन्टेड – हातले गर्नु पर्ने कामलाई मेसिनले गर्ने बनाउने आदि कुराहरुको बिकासहुने क्रम बढ्ने छ र अहिलेको अवस्था आउन नदिन दिर्घकालिन स्थाई किसिमको समाधान निस्कन सक्ने छ।

प्रोपर्टी मार्केट कताजादै छ त ?

अहिलेको अवस्थालाई हेर्दा सिधै यता जान्छ भनेर ठोकुवा गर्ने स्थिति त छैन तर गएको केही बर्ष प्रोपर्टी मार्केटको लागि हनिमुन पिरिओड नै थियो किनकी ब्याजदर इतिहासमै सबै भन्दा कम फलस्वरूप होल्डीङ्ग कस्ट कम र मुल्य वृद्धि बढी,हामी सवैलाई थाहा भएको कुरा हो गत केहि वर्ष भित्रमा प्रोपर्टीको भाऊ नबढेको ठाउँ रहेन। तर कम्तिमा पनि आगामी केहि बर्षको लागी अवस्था बदलिएको छ, मतलब ब्याजदर बढ्दै गैरहेकोले होल्डीङ्ग कस्ट बढी हुने र लगानीकर्ताको महँगो ब्याजदरको कारणले ऋण लिन सक्ने क्षमतामा कमि हुने साथै भोलिकादिनमा अर्थतन्त्रकता जान्छ भन्ने कुरामा अन्योलता रहिरहेकोले लगानीकर्ताहरु निर्धक्क भएर लगानी गर्ने अवस्था छैन त्यसकारणले पनि कम्तिमा पनि छोटो समयको लागि भएपनि बिसेषगरेर हाईइन्डका प्रोपर्टीहरुको माग घट्न गै मुल्यमा स्थिरता आउने अथवा केहि सबर्बहरुमा मूल्यनै घट्न सक्ने समेत हालैका अक्सन क्लियरेन्समा आएको गिरावट, बैंकहरुको ब्याजदर बढाउने दौडधुप र फाईनानशियल एनालिस्टहरुको बिस्लेषणहरुले देखाउछ।

अहिलेको अर्को समस्या भनेको आर्थिकमन्दी आउने देखिने बित्तिकै मनि प्रिन्ट गर्नु हो। अहिलेको मोर्डन युगमा आर्थिक संकट टार्न मनि प्रिन्ट गर्नु अल्पकालीन सोलुसन त हुन्छ तर यो प्रकृया लामो समय लगातार गरियॊ भने समस्या बन्न सक्छ हाल अमेरिकी अर्थतन्त्रमा देखिएको समस्या पनि यहि हो।

प्रोपर्टी किनिहाल्ने की अहिलेलाई होल्ड गर्ने त ?

अस्ट्रेलियाको बेरोजगार दर इतिहासमै कम छ। कोभिड पछिको अस्ट्रेलियाको अर्थतन्त्र राम्रो स्तिथिमा छ तर माथि उल्लेख गरिए झै इन्फ्लेसन नै अहिलेको समस्या हो र कम्तिमा पनि अरु एक दुइ वर्ष नर्मलाइज हुन लाग्ने र रिजर्वबैंकले अझै ब्याजदर बढाउदै जाने देखिन्छ जसको फलस्वरुप प्रोपर्टी मार्केटमा सिधाअसर पर्ने देखिन्छ जसले गर्दा जति ब्याजदर बढ्दै जान्छ तेती नै हाईइन्डका प्रोपर्टीहरुमा गिरावट आउने त देखिन्छ तर प्रोप्रटीमा गरिने लगानी भनेको २-३ वर्षको समयसिमा तोकेर गरिने लगानी होइन लामो समयलाई मध्येनजर राखेर लगानी गर्ने हो र ब्याजदर बढेको कारणले होल्डिंग कस्ट बढन जान्छ नै यस्तो अवस्था आउदा पनि धान्न सकिन्छ जस्तो लाग्छ भने अहिले नै किन्दा पनि फरक पर्दैन। यसो भनि रहदा यो बर्षमा अरु दुइ तिन पटक ब्याजदर बढ्छ भन्ने एनालिस्टहरुको भनाईलाई आधार मान्ने हो भने अरु २-३ महिना कुर्दापनि फरक नपर्ला तर ‘there is no wrong time to buy right property’.

सारंशमा भन्दा हरेक समस्याले समाधान ल्याउछ धेरैको भनाइमा सबै फ्याक्क्टरहरु लाई केलाउदा यो हालको समस्या भनेको अल्पकालिन देखि मध्येकालिन मात्र हो।

यसको आधार भनेको इन्फ्लेसनले ओपुर्चीनिटि ल्याउछ, ओपुर्चीनिटिले प्रोडक्सन बढाऊछ, प्रोडक्सन बढेपछि आपूर्ति बढ़छ जब आपूर्ति बढछ तब कम्पिटिशन बढ़छ जब कम्पिटिशन बढ्छ तब मूल्य घट्न सुरु हुन्छ,मूल्य घट्न सुरुहुने बितिकै इन्फ्लेसन कन्ट्रोलमा आऊन सुरु हुन्छ। अस्ट्रेलियाको हकमा यो सान्दर्भिक जस्तो देखिन्छ।

 


सम्बन्धित समाचारहरु