अस्ट्रेलियामा सगरमाथा दिवस , स्याबास फेन्का


  • June 1, 2022


अस्ट्रेलियामा सगरमाथा दिवस , स्याबास फेन्का

सम्पादकीय
सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले बिस्वको सर्बोच शिखर सगरमाथाको सफल आरोहण गरेको दिनलाई सम्झना गर्दै फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अस्ट्रेलिया (फेन्का ) को आयोजनामा मे २९ का दिन विभिन्न कार्यक्रमका साथ अस्ट्रेलियाका सबै राज्यहरुमा सगरमाथा दिवस मनाइएको छ । सगरमाथाको देश भनेर नेपाललाई बिस्वले चिन्दै आएको यथार्थता हाम्रा सामु छर्लंग छ । बिस्वमा बढ्दै गएको तापक्रम र बातावरणमा आएको ह्रासका कारण सगरमाथा लगायतका हिमालयहरुको संरक्षणका कामहरु राज्य तह र जनस्तरबाट जतिसक्दो चाडो गर्नुपर्ने देखिएको छ ।
सगरमाथाको बारेमा जानकारी दिने तथा सगरमाथा र त्यस आसपासका क्षेत्रको बाताबरणको संरक्षणका बारेमा जनचेतना जगाउने उद्देश्य राखेर गरिएका ती कार्यक्रमहरु बास्तबमै उपलब्धिमुलक रह्यो । प्राय सबैजसो कार्यक्रममा दोस्रो पुस्ताका नेपाली मात्रै होइन नेपाल घुमेका र सगरमाथाको चुचुरोमा पुगेका अस्ट्रेलियन आरोहीहरुले समेत कार्यक्रममा सक्रियातापुर्बक सहभागिता जनाउनुले पनि फेन्काद्वारा आयोजित यो कार्यक्रमलाई ओझिलो बनाएको अनुभव गर्न सकिन्छ ।
सर्बोच्च शिखर सगरमाथा र नेपालका अन्य हिमाल चढ्नेहरूको सँख्या बर्षेनी बढ्दै गएको छ । आरोहीहरुको संख्या बढेसंगै हावापानी परिवर्तन, आरोहीले फ्याकेर छोडेका फोहोरको डङ्गुर, ससाना प्लास्टिक र धातुका टुक्रा लगायतका फोहोरमैलाको उचित ब्यबस्थापन गर्नुपर्ने देखिएको छ ।
हिमनदीहरू चाँडै पग्लने प्रकोप उत्पन्न हुने र अस्वाभाविक हिमपात, अरूबेला हिमाल पग्लने बाताबरणिय समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार, नेपाल भित्रका र बिश्वभरका नेपाली र समग्र बिश्व समुदाय सचेत हुनुपर्ने देखिन्छ ।
सगरमाथाको बारेमा प्रचारप्रसार मात्र होइन यसको संरक्षणका लागि यहाका सम्बद्ध पक्षसंग सहकार्य गर्न प्रेरित गर्ने मनसायले गरिएको यो कार्यक्रम बास्तवमै प्रसंसा गर्न लायक छ । हामि नेपाली जहा जसरि बाचेका छौ , नेपाल लाई कदापी बिर्सन सक्दैनौ । हृदयको कुनाकुनामा नेपालको माया साचेर बाचिरहेका हामि नेपालीले सगरमाथा मेरो देशमा पर्छ अर्थात मेरो देश सगरमाथाको देश हो भनेर अन्य देशका नागरिकका अगाडी भन्न पाउदाको गर्वलाई कुनै शब्द र वाक्यले व्याख्या गर्न सकिदैन ।


NNA Team
681 views

सम्बन्धित समाचारहरु