एडिलेड नेप्लिज क्रिकेट एसोशियसन(एन्का)ले बालबालिकालाई क्रिकेट खेलाउने


  • April 30, 2022


एडिलेड नेप्लिज क्रिकेट एसोशियसन(एन्का)ले बालबालिकालाई क्रिकेट खेलाउने

३० अप्रिल ,सिड्नी । एडिलेडमा रहेका नेपालि मुलका बालबालिका हरुलाई लक्षित गरेर एडिलेड नेप्लिज क्रिकेट एसोशियसन(एन्का)ले क्रिकेट खेल खेलाउदै छ ।
आगामी अक्टोवर शुरु हुने क्रिकेटको सिजनका लागि एन्काले आफ्नो बालबालिकाको टिम `एन्का जेम्स´ का लागि यहि मे २८ मा एडिलेडमा खेलाडी छनौट गर्ने भएको छ । छनौट इन डोर हुने र त्यसका लागी मे १५ भित्र एन्कामा दर्ता हुनुपर्ने आयोजक सस्थाले जनाएको छ ।

आयोजक सस्थाका अनुसार छनौट भएका बालबालिकाहरुलाई एन्काले प्रशिक्षण दिने र साउथ अष्ट्रेलियमा रहेका अन्य क्लवहरुसंग हुने खेलहरुमा सहभागी गराइने छ । टिममा नेपालीको अलावा अन्य समुदायका बालबालिकाहरुको सहभागिता रहने छ । १० वर्ष र १२ वर्ष भन्दा कमका दुई उमेर समुहका खेलाडि हरुलाई प्रशिक्षणका लागि छनौट हुनेछन् ।


NNA Team
620 views

सम्बन्धित समाचारहरु