अस्ट्रेलियामा टू शेर्पा बियरको लोकप्रीयता बढ्दै


  • October 11, 2021


अस्ट्रेलियामा टू शेर्पा बियरको लोकप्रीयता बढ्दै

सीड्नीका केहि युवाहरुले बढदो नेपाली समाजको चाहलाई आत्मसाथ गर्दै अस्ट्रेलियामा टु शेर्पाज नामक वियर उत्पादनमा ल्याएका छन ।
बिदेशमा पनि निकै प्रशिद्धी कमाएको शेर्पाको नाम र कामसँंगै यो ब्रान्डले पनि अहिले अस्ट्रेलियाका नेपालीमाझ आफ्नो प्रभाव जमाउन थालेको छ । रकडेलका केहि युवाहरुको लगानीमा यो टु शेर्पा बियर सीड्नीमै उत्पादन गरिएको हो । छोटो समयमा क्यानबेरा , मेलवर्न, तास्मानियामा समेत यो बियरको बिक्री बितरण सुरु भैसकेको छ । छोटो समयमा बोटल सप र सीड्नीका सबै नेपाली रेष्टुरेन्टमा उपलब्ध हुन थालेको यो बियरको स्वादपनि केहि अलग र फरक रहेको यसका बजार ब्यबस्थापक सीतल खाँड गिरी बताउछन । नामैले नेपालीपन झल्काउने यस खालको उत्पादनलाई अस्ट्रेलियाबासी नेपालीहरुले माया गरिदिने बिश्वास लिएको सीतलले बताए । नेपालको मार्दी खोलाको पानीझै यसको स्वरुपमा ढालिएको यस टु शेर्पा बियरको
लोकप्रीयता अहिले निकै बढिरहेको छ ।


NNA Team
355 views

सम्बन्धित समाचारहरु