राजनितीको जुत्ता चप्पल बाहिरै छाडेर आउनुहोस : गौरी जोशी


  • September 21, 2021


राजनितीको जुत्ता चप्पल बाहिरै छाडेर आउनुहोस : गौरी जोशी

गैर आवासिय नेपाली संघ(एनआरएनए) यतिखेर अन्तर्राष्ट्रिय क्षेत्रमा बिश्वासीलो साझेदार संस्थाको रुपमा अगाडि बढदै गरेको तथ्य कसैवाट लुकेको छैन । ८० भन्दा बढि देशमा संरचना र सदभावलाई अगाडि बढाएको एनआरएनए यतिखेर आफ्नो मुल मुद्दा छाडेर बहकिएको हो की भन्ने भान पर्न थालेको छ ।
संसारभर फैलीएका नेपालीहरुलाई मुलुकसँंग प्रत्यक्ष रुपमा जोडने यस संस्थामा यतिखेर केहि राजनिती र केहि बेथीतीले प्रवेश पाउदैगर्दा आम सदस्यहरुमा केहि निराशा र चिन्ता देखिएको छ । घरको झगडा लगेर छिमेकीलाई मिलाउन आग्रह गरेझै आफु भित्रका झीना मसिना कुरालाई परराष्ट्र मन्त्रालय पुरयाएर बिवादको बखेडा झिक्नु संस्थागत तबरमा अशोभनिय कार्य थियो । निश्चयनै कुनैपनि संघ सस्थाले आकार फैलाउदै गर्दा त्यसमा झीना मसिना समस्या देखिनु स्वभाविक पनि हो तर समस्याको समाधान खोज्न बाहिर जानु भने गलत र न्यायसंगत थिएन र हुदैन पनि ।
यतिखेर बिश्वमानचित्रमा परक रअलग पहिचान बनाउन सफल हुदाँंहुदैपनि आम मानिशहरुमा भने एनआरएन अभियानमा औला ठडाउने मौका दिइएको छ । मुलुक दुख्दा होस या आपत बिपतमा जुरुक्कै एकाकार भएर उठने प्रवासी नेपाली समाजको बिशेषतानै हो । यस्तो खाले संरचना र समाजमा हुर्किदै गरेको एनआरएन अभियानमा जब राजनिती प्रवेश भयो तब तब यो बिवादको भुमरीमा अल्झीन पुगेको छ र यसमा गलत रंग भरिदैछ ।
प्रवासी नेपाली समाजको हक र अधिकार अनि मुलुकको हितका खातिर जोडिने मन र तनहरुको यो समुह यतिखेर कता कता कता कांग्रेश र कम्युनिष्टका नाममा दिगभ्रमित हुन थालेको त हैन भनेर प्रश्न गरिन थालिएको छ ।
यदाकदा आम मानिशहरुले यस्तो प्रश्न उठाइरहँंदा हामी परोपकारी भावमा एनआरएन अभियानका लागि होमिएका हजारौ मानिहरुको मनमा भने कता कता चिसो पसेको अनुभव हुन्छ । राजनिती र लोकतन्त्रमा बिश्वास गर्ने जो कोही नेपालीले पनि फरक र अलग बिचार बोक्न सक्छन र बोक्नुपनि पर्दछ । राजनिती आफैमा खराब कुरो होइन तर कहा गर्ने भन्ने बिषय भने महत्वपुर्ण रहन्छ ।
हामी लोकतन्त्रमा बिश्वास राख्ने ब्यक्तीहरुले पनि सोच्ने कुरो भनेको त्यही हो । राजनिती गर्ने ठाँउ फरक हुन्छ तर परोपकारी र सेवाभावको संस्थामा यसको पहिरन आवश्यक छैन । एनआरएन अभियान पनि सेवाभाव पनि आम नेपालीको भावना बोक्ने संस्था भएकोले यसमा राजनितीक जुत्ता चप्पल ढोका बाहिर राख्नु जरुरी रहन्छ ।
तर दुर्भाग्य यतिखेर केहि ठुला राष्ट्रहरु अमेरिका र अस्ट्रेलियामै राजनितीका बाछिटाहरु मडारिदै गरेको देखिन्छ । बिधि बिधान र संस्थाको सर्बोच्चतालाई लात मारेर आफुखुसी निर्णय गर्दै अगाडि बढने अभिष्ट राजनितीक चाहनानै एनआरएनमा यतिखेर बिवादको चुरो कुरोको रुपमा रहेको छ । समाजसेवा र परोपकारी भावमा जित र हार स्वभाविक रहन्छ, मािनशको निरन्तरता महत्वपुर्ण रहन्छ तर केहि साथीहरु आफ्नो चाहना पुरा नभएपछि अड्डा अदालत र परराष्ट्र पुग्नु आफैमा दुखदायी बिषय बनेको छ ।
संस्थागत बिकासको मुद्दा बोक्ने साथीहरु बिधिविधानको खिल्ली उडाएर अगाडि बढने कुरा गर्नुहुन्छ । अनि संस्थालाई हाक्ने जमर्को गर्ने मित्रहरु राजनितीको भरयाङ चढेर कुर्सीको प्राप्तीको चाहना राख्नु हुन्छ । संस्थाको सर्बोच्चताका कुरा गर्नेहरु बहुमतको निर्णय अस्वीकार गर्नुहुन्छ । गुनासा र उजुरीका चाङहरु भित्र षडयन्त्र देख्नु हुन्छ अनि संस्थाको बिवाद मिलाउन परराष्ट्र गुहार्नु हुन्छ । यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ ।
मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका गैर आवासिय नेपालीहरुको साझा संगठन एनआरएनमा यतिखेर परराष्ट्रको पत्र आंतकमा रुमल्लीएको छ ।आम संचार र सामाजिक संजालमा इतर र भितरका नचाहिदा बहस र पैरवीहरुको नचाहिदो बहस चुलिएको छ । साच्चीकै भन्नुपर्दा यस संस्थाको आस्था र प्रतिष्ठा धुमलिदै गएको छ । कुरोको चुरो कुरो यती मात्रै हो की स्वार्थले भरिएको समाजसेवा र राजनितीक दाउपेचको मेवा खान पल्केकाहरुले यसलाई बिवादको आहालमा मुछेर आफु पदमा बहाल हुने षडयन्त्र रच्दैछन । यसलाई बेलैमा पहिचान गरेर हामीले फाल्न सकेनौ भने यो संस्थाको लागि बुढी मरी भन्ने हैन काल पल्क्यो भनेझै सदा सदाको लागि एउटा अभिाशाप हुनेछ । अनि आउदा दिनमा एनआरएन राजनितीक दलको भातृ,भगिनी संस्थाझै बिवादको आहालमा फसेर बेहाल हुने पक्का छ ।

= लेखक गैरआवासिय नेपाली संघका सचिब हुनुहुन्छ


सम्बन्धित समाचारहरु