प्रिय देश


  • September 15, 2021


प्रिय देश

– कल्पना पाण्डेय
जब रात ढल्किन्छ
मेरा आँखाका परेलीहरू बिझाउन थाल्दछन
उज्यालोमा पखेटाहरू फटफटाँउंदै
मुक्त आकाशमा उड्न चाहन्थे
विक्षिप्त हृदय
थकित पखेटाहरू
भारी यो मन
खै कहिले
स्वच्छ हावामा सास फेर्न सक्छु
काटेर मेरा पखेटाहरू
मलाई उड्न हुकुम नदेऊ
बाँधेर मेरो मुखमा कालो पर्दा
मलाई स्वतन्त्रताको हावा नदेउ
सधैं उस्तै र यथावत रहला
यो श्रृंखला यो बज्रपात
सपना अनि सजीव रहरहरू
फेरी फुल्नेछन्
बोकेर म फेरी आउने छु
मेरो आफ्नै देशमा
दुखद वर्तमानबाटै देख्दैछु
नयाँ मौसमको नविन मुस्कान
धर्तीको सुखद मुस्कान बोकेर
म तिम्रो अँगालोमा आउने छु
मेरो प्रिय देश !!!


सम्बन्धित समाचारहरु