Saturday, December 2, 2023

एनआरएनए अस्ट्रलियाले अवार्ड नोमिनेसन माग्यो


  • September 1, 2021


एनआरएनए अस्ट्रलियाले  अवार्ड  नोमिनेसन  माग्यो

सिड्नी । आफ्नो वार्षिक साधारण सभाको अवसर पारेर हरेक दुईदुई बर्षमा बितरण गर्दै आएको बिभिन्न १४ बिधाको अवार्डको लागी निबेदन मागेको छ । अगस्ट २९ तारिख सस्थाका सदस्यहरुलाई ईमेल मार्फत् जानकारी गराउदै अवार्ड सेलेक्सन कमिटिका तर्फबाट सेप्टेम्बर ७ तारिख मध्यरातसम्म a[email protected] मा अवार्ड नोमिनेसन फर्म पठाउन अनुरोध गरेको छ ।
एनआरएनए अस्ट्रेलिया एक्स्लेन्स अवार्ड टास्क फोर्स २०२१ ले १ जुलाई २०१९ देखी जुन २०२१ सम्मको अवधिमा यहाँको नेपाली समाज र सस्थाको परोपकारी कार्यमा योगदान पुर्याएका ब्यक्ति र सस्थालाई बिभिन्न १४ बिधामा अवार्ड प्रदान गरिने छ । एन आर एन अस्ट्रेलियाले प्रदान गर्दै आएको अवार्डको सेलेक्सन प्रकृया र पद्दतीका बारेमा सधैं बिबाद हुँदै आएको छ । बिगतमा जस्तै बिबाद नआओस भन्ने ध्हेयले यसपटक अवार्ड सेलेक्सन कमिटीका सदस्यहरुको नाम सार्बजिनिक गरेको छैन ।


NNA Team
261 views

सम्बन्धित समाचारहरु