Saturday, December 2, 2023

अब शैक्षिक जानकारी एउटै पोर्टलबाट


  • November 13, 2020


अब शैक्षिक जानकारी एउटै पोर्टलबाट

सिड्नी । नोभेम्बर १३
नेपाल तथा विश्वका विभिन्न देशहरुमा रहेका कलेज तथा विश्वविद्यालयहरुको शैक्षिक गतिविधिका वारेमा विद्यार्थीहरुलाई जानकारी दिने मुल उदेश्यका साथ स्टडी इन्फो सेन्टर को शुभारम्भ गरिएको छ । झण्डैं एक वर्षको अथक प्रयासपछि यो वेवसाइटले पुर्णता पाएको हो । यसको तयारीका लागि विश्वभर रहेका २० प्राविधिकहरु लागि परेका थिए ।
नोभेम्बर १२ तारिक बिहीबार शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तित्व तथा विश्वभर छरिएर रहेका पत्रकारहरु माश्र स्टडी इन्फो सेन्टर नामक वेबसाइट सार्वजनिक गर्ने जुम कार्यक्रमा प्रमुख अतिथि पूर्वराजदूत तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमाले स्टडी इन्फो सेन्टर डटकम नामक शैक्षिक सूचनामुलक वेबसाइट सुभारम्भ गर्दै यसले विद्यार्थीहरुलाई आफ्नो शैक्षिक भविष्यलाई सहिबाटो पहिल्याउन उपयोगि हुने बताए ।
एनआरएएका उपाध्याक्ष मन केसीले आजको बदलिदो परिस्थितिमा गुणस्तरीय शिक्षाका बारेका सुचना पहुच पुग्ने विश्वास व्यक्त गरे ।
लामो समयदेखि शैक्षिक परामर्शदाताको रुपमा कार्यरत संजीव शर्माले समयको परिवर्तन संगै प्रविधिमा आएको विकासले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा उपलब्ध गराउन प्रभावकारी भुमिका खेल्ने बताउदैं स्टडी इन्फो सेन्टरले विश्वको शैक्षिक जानकारीलाई प्रभावकारी रुपमा संम्प्रषेण गनपर्नेमा जोड दिए । अहिलेको समयमा शिक्षा क्षेत्रमा देखा परेका नयां प्रविधिलाई चुनौतिको रुपमा नभई अवसरको रुपमा लिनुपर्ने बताए ।
सो सेन्टरका संयोजक टिएन अर्यालले आम विद्यार्थी, अविभावक शिक्षा सम्बन्धी अनुसन्धानकार्ता परामर्शदाता तथा शैक्षिक सस्थांनहरुलाई एकै ठाउमा ल्याएर सूचना सहजीकरणका लागि विशेष भूमिका खेल्ने बताए । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. प्रेमनारायण अर्याल, त्रिविविका पुर्व उपकुलपतिद्धय कमल कृष्ण जोशी, डा तिर्थ राज खनिया, राखेप सदस्य सचिब रमेश सिलवाल, एन्जाका अध्यक्ष हेमान्तराज काफ्ले, पत्रकार मनरिषी धिताल, तुला अधिकारी, प्रकाश सिलवाल लगायतका वक्ताहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।


NNA Team
314 views

सम्बन्धित समाचारहरु