क्यान्बेरा नेप्लिज भलिबल क्लबको गठन


  • November 1, 2020


क्यान्बेरा नेप्लिज भलिबल क्लबको गठन


सिड्नी, १ नोभेम्बेर । क्यान्बेरामा बसोबास गर्ने नेपालीहरुको सँख्या बढेसंगै त्यहा नेपाली समुदायको सामाजिक सास्कृतिक तथा खेलकुद लगायतका गतिबिधीहरुमा पनि संख्यात्मक र गुणात्मक रुपले बढीरहेको छ । यसैको पछील्लो उदाहरण बनेको छ – क्यान्बेरा नेप्लिज भलिबल क्लब । बिगत केही बर्षदेखी खेलकुदका गतिबिधी गर्दै आएका क्यान्बेराका नेपाली युवाहरुले गठन गरेको क्यान्बेरा नेप्लिज भलिबल क्लब आधिकारिक रुपमा दर्ता गरिएको छ । युबराज खनियाको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको क्लबको गठन गरिएको छ । क्लबको सचिबमा राजाकुमार के सी र कोषाध्यक्षमा जीवन थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन के सी मिसन थापा ,ज्ञानेन्द्र थापा र नबिन अधिकारी रहेका छन् । क्लबको टिम क्याप्टेनमा जीवन बखुन्छे र भिम छेत्री लाई तोकिएको छ भने सल्लाहकारहरुमा कुश पन्त ,दिपक हमाल ,कुमार के सी , अबिन प्याकुरेल र सुरज पौडेल रहेका छन् ।
यसैबीच दशै तिहारको अवसर पारेर क्लबले नोभेम्बेर ७ तारिख क्यानबेराको नर्थ रोड एक्सन स्थित एएनयू स्पोर्ट्स् मैदानमा बिहान भलिबल प्रतियोगिता गर्दै छ । प्रतियोगिता मा बिजयी टिमलाई नगद पुरस्कार शहीत ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । एक्सपोर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस र अजी फाइनान्स एण्ड होम लोनले प्रतियोगितालाई प्रायोजन गरेको छ । प्रतियोगितामा भाग लिनाको लागि टिमले २०० डलर र प्रती ब्यक्ती २० डलर तिर्नुपर्ने ब्यबस्था गरिएको छ । यस बारेमा थापा जानकारीको लागि ०४३८७५०३१८ , ०४५०३५९५५८ र ०४०२१५७७५२ मा संपर्क गर्न सकिने छ ।


NNA Team
544 views

सम्बन्धित समाचारहरु