Sunday, December 3, 2023

सुनिलको ‘मुखैमा राम राम बगलीमा छुरा’ बजारमा


  • October 12, 2020


सुनिलको ‘मुखैमा राम राम बगलीमा छुरा’ बजारमा

अस्ट्रेलियाको पर्यटकिय नगरी ओलंघन वरिपरी भेटिने सुनिल कटवाल यतिखेर कोभिडको लक डाउनले पारेको प्रभावलाई कम पार्न गित संगितमा ब्यस्त देखिन्छन । सिड्नीको पढाइलाई कोरोनाले प्रभाव पारेपछि काठमाडौ पुगेर सुनिलले मुखैमा राम राम बगलीमा छुरा नामको गित र म्युजिक भिडियो बजारमा ल्याएका छन । मेलिना राइ र सुनिल कटवालको यो गित यसै हप्ता बजारमा आएको हो । भिम बीसीको शब्द र उदयराज पौडेलको संगित रहेको उनको नया गानाको भिडियोमा अहिलेका चर्चित कलाकारहरु पल शाह,स्वस्तीमा खड्का र नाजिर हुसेनले अभिनय गरेका छन ।
मना्ज बस्नेतले निर्देशन गरेको यो म्युजिक भिडियोमा राजिव समरले नृत्य संयोजन गरेका छन । ताराबाजी लैलै र कपुरी क जस्ता केहि चर्चित गितहरु पस्कीसकेका गायक सुनिल कटवाल गित संगित भनेपछि हुरुक्कै हुने कलाकारका रुपमा चिनिन्छन । अस्ट्रेलियामा अध्यनरत सुनिलले आफ्नो गित
संगितलाई अगाडि बढाउन केहि महिना अघि नेपाल पुगेका थिए । कोरोनाको कारण अन्तराष्ट्रिय विध्यार्थीहरुको प्रवेशमा रोक लगाएका कारण सुनिल हाल काठमाडौमा बसेर आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने अभियानमा लागेका छन । चर्चित कलाकारको साथ पाएको सुनिलको पछिल्लो गाना मुखैमा रामराम बगलीमा छुराले केहि दिनमै राम्रो चर्चा कमाउन सफल भैसकेको छ ।


NNA Team
488 views

सम्बन्धित समाचारहरु