Wednesday, June 12, 2024

क्यानबेरामा बुद्ध नेप्लिज क्रिकेट क्लब


  • September 4, 2020


क्यानबेरामा बुद्ध नेप्लिज क्रिकेट क्लब


अस्ट्रेलियाको राजधानी क्यानबेरा आसपासको क्षेत्रमा नेपाली समुदाय बढ्दैजाँंदा कला संस्कृती र खेलुकद लगायतका गतिविधीहरु पनि बढ्न थालेका छन ।
। बिस्तारै अस्ट्रेलियामा पीआर र बसाइका लागि सहज बन्नेस्थानमा बिध्यार्थीहरुको संख्या हवात्तै बढेपछि क्यानबेरामा पनि नेपालीहरुको संख्या दिप्रतिदिन बढ्न थालेको छ । यसै क्रममा नेपालमा क्रिकेट खेलेर अध्यनका लागि अस्ट्रेलिया पुगेका विध्यार्थी र उतै स्थापीत भैसकेका नेपालीहरुको सामुहिक प्रयासमा हालै क्यानबेरामा बुद्ध नेप्लीज क्रिकेट क्लबको स्थापना गरिएको छ । नेपालवाट अन्तराष्ट्रिय क्रिकेट खेलिसकेका पुराना ब्याट्सम्यान प्रेम चौधरीको अध्यक्षतामा क्लब गठन गरिएको हो ।
बढ्दै गरेको नेपाली समाज र नेपाली खेलाडीहरुलाइ मध्यनजÞर गर्दै क्यानबेरालाइ क्रिकेट प्रेमीको रोजाइको शहर बनाउने र स्थानिय लिग र एकदिवसीय क्रिकेटमा सहभागीता जनाउने उद्धेश्यका साथ क्लबको स्थापना गरिएको अध्यक्ष चौधरीले बताए । नेपालीको क्रिकेट प्रतीको कौशलतालाइ क्यानबेरामा रहेका बिभिन्न बहुसांस्कृतिक समुदाय माझ चिनाउने उदेस्यले बुद्ध नेप्लीज क्रिकेट क्लब(बीएनसी)को आवश्यकता महसुस भए अनुरुप आफ्नो अग्रसरता र खेलाडीहरुको हौसलाका साथ क्लवको स्थापना गरिएको कुरा क्लवका अध्यक्ष चौधरीले बताए ।
साथै क्यानबेरामा छरिएर रहेका र क्रिकेट खेल प्रति झुकाव राख्ने ब्यक्तीहरु खेलबाट बन्चित हुन् नपरोस भन्ने हेतुले बिएनसी.सीको गठन भएको कुरा क्लबका जन सम्पर्क अधिकृत कर्मा लामाले सुनाए ।


हाल सम्म कलबमा २५ जना खेलाडी दर्ता भइसकेका छन् । क्लवलाई स्थानिय सरकारको कानुनी प्रकृया बमोजिम एक्सेस क्यानबेरामा दर्ता गरिसकेको क्लबका सदस्य ललित मल्लले जानकराी गराए । क्लबको सल्लाहकारमा क्यानबेराका प्रतिष्ठीत नेपाली अभियन्ता कृष्ण हमाल रहेका छन। क्लबका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा बिकल शाही , सचिबमा अर्जुन ज्ञवाली र जन सम्पर्क अधिकृतमा कर्मा लामा तथा कोषाध्यक्षमा गोबिन्द खरेल रहेका छन । यस्तै क्लबका सदस्यहरुमा सुदिप दाहाल,युबी बराल,बसन्त भट्ट,ललित मल्ल रहेका छन भने टिम ब्यबस्थापकमा कृष्ण सुबेदी रहेका छन । क्लबको कप्तानमा अर्जुन केसी र उप कपतानमा सन्जय भट्टलाई मनोनित गरिएको छ । क्लबको गोल्ड स्पोन्सरमा आरके होम्स रहेको छ भने अन्य
प्रायोजकहरुसँंग कुराकानी अगाडि बढीरहेको अध्यक्ष चौधरीले बताए । क्लबमा जोडिन वा क्रिकेट खेल्न चाहने क्यानबेरा क्षेत्रका खेलाडीहरुलाई क्लबले हार्दिक स्वागत गरेको छ ।


NNA Team
521 views

सम्बन्धित समाचारहरु