गीत संगीतको मोह र जिवनका आरोह अवरोह


  • September 1, 2020


गीत संगीतको मोह  र जिवनका आरोह अवरोह

रमण रेग्मी ,गायक
सिड्नी, अस्ट्रेलिया

कुरो २०४८ तिरको हो / शनिबार स्कूल बिदाको दिन एक बिहानै मलाई लाग्छ बिहानको ७ बजेको हुनु पर्दछ ‘ राजु ए राजु( मेरो अफ़िसिअल नाम) उठ्ने बेला भयन ? लौ जुरुक्क उठ अनि बाख्रा लेर चराउन जा ‘ मेरी आमाको तिखो आवाज मेरो कान मा गुञ्जियो ! तर मैलेभने सुने नसुनेइ गरें/
आमालाई लागेको थियो कि म उठेकै छैन तर कुरो अर्कै थियो म भने ५ बजे देखि नै कोठा को ढोका थुनेर ‘ भोलि उठी कहाँ जाने केहि थाहा छैन फर्की आउने हो कि हैन केहि थाहा छैन’ रटान लाउदै थिएँ /
मलाई यो हरफलाइ जसरिनी सुरमा गाउनु थियो र आमको त्यो आवाज लाइ सुने नसुनेइ गरि रहें गीत संगीत को अगाडी मेरा लागि अरु सब कुरा हरु महत्वपुर्ण लाग्दैनथ्यो सबै बगवास लाग्दथ्यो /
तेही गीत को अभ्यास गर्ने क्रममा मलाई लाग्छ लगभग ८ :३० जति बजेको हुनुपर्छ मेरो सुर पक्का भयको महसुस भयो र आमा लाइ बोलाउदै घरको माथ्लो तला ( जहाँ मेरो सुत्ने कोठा थियो) बाट तल झर्दा सम्म आमाको त्यो तिखो आवाज अनि बाख्रा हरुको म्या म्या सब बन्द भैसकेको थियो बाताबरण फगत चकमन्द थियो /
मलाई आफु ठिक लाग्दथ्यो किनकि मलाई लाग्दथ्यो गीत संगीत भन्दा महत्वपूर्ण चिज यो दुनियाँ मा अरु केहि छैन”/ आम बुबा हरुलाई लाग्दथ्यो कि एसले गरि नखाने भो “ मलाई लग्दछ हामी दुवै पार्टी एक अर्का मा ठिक थियोउ / तर आमाको बचन नमानेकोमा मलाई थोरै पश्चाताप पनि भयो किन कि जब म गीत कण्ठस्त पारेर तल आमाले अर्हाउनु भयको काम गर्न गएँ तेती बेला सम्म समय बिति सकेको थियो /
यो त एउटा उदाहरण मात्र हो यस्ता अनगिन्ति घटनाहरु छन् जुन मेरो गीत संगीत प्रतिकोको मोहसंग जोडिएका छन् / अब स्कूल को कुरा गरौ , म कछ्या ६ मा पढ्थे एकदिन सिक्ष्यक्ले सामाजिक सिक्छ्या पढाउदै हुनु हुन्थ्यो “ चार्ल्स डार्विन” सम्म भनेको मलाई ध्यान छ तेस्पछि एक्कासी ‘ म त लाली गुराँस भयाछु’ बोलको स्वर सम्राट नारायण गोपालको गीत मेरो कानमा गुञ्जिन पुग्यो / त्यो रेडियो मेरो कच्छ्या कोठा भन्दा टाढा थियो र त्यो रेडियो को आवाज पनि धेरै मन्द स्वर मा आएको थियो तर मेरो ध्यान भने त्यो सिक्श्यक को चर्को स्वर भन्दा त्यो मन्द संगीत प्रति आकृष्ठ थियो र म तेही मन्द गीत मा मग्न थिए अनि गुनगुनाउदै पनि रहेछु / जब मेरो कन्सिरीको कपाल जोडले तानियो अनि सिक्श्यको आवाज तिर ध्यान गयो /
यो situation मा पनि मैले आफुलाई नै सहि ठाने र सिक्श्यले मलाई बुझ्न सकेनन भन्ने गुनासो म भित्र सल्बलाई नै रह्यो /
तर सत्य त के थियो भने त्यो सन्दर्भ मा मेरोलागि त्यो गीत भन्दा सिक्श्यक को पढाई महत्वपुर्ण थियो / तर मेरो त्यो कलिलो गीत संगीत को मोहले भरियको मस्तिष्कले त्यो सत्यहो भन्ने स्विरकार्ण भने अझै सकेन/ हो यो कलाकारिता छेत्रमा लागेका हरु लाइ भित्र बाट बुझ्न को निमित्त धेरै नै फराकिलो छाती अनि सोचाई भयको मान्छे हुनु पर्दछ / जुन चिज पाउन अत्यन्त गाह्रो छ /
कति पय समय मा हामीहरुका नजिक का मान्छे हरुले जस्तै आफ्नै अर्धांगिनी वा पार्टनरले आफुलाई एक्लो भएको महसुस गरेको पाएको छु जुन हामी गीत संगीतको एउटा लतमा मग्न भै रहदा आफ्नो कमजोरी महसुस गर्नमा चुकेका हुन्छौ वा गर्न नचाहेको एउटा तितो येतार्थ पनि याद कदा पाइन्छन/
तर एउटा सत्य के हो भने हामी आफुलाई सहि साबित गर्न खोजिरहेका हुन्छौ त्यो क्रममा दोश्रो पार्टी लाइ आफुलाई बुझिदिन को निमित्त अनुरोध पनि गरिरहेका हुन्छौ / उता फेरी हाम्रो जीवन संग नजिकको मान्छेले पनि आफु लाइ सहि छु भन्ने महसुस गरि रहेका हुन्छन तेही २ भिन्न विचारबाट नै कतिपय कलाकार हरुको दाम्पत्य जीवनमा Miss understanding पैदा भएको पाएको छु / हुन त यो सन्दर्भमा गल्ति कसैको पनि हुन्न सब कमजोरी वा lack of communication मात्र हुन् / तर कहिले कहीं येस्तै कमजोरी हरुले नै जीवन यात्रामा ठुलो भुइचालो नै ल्याइदिन्छ/ कतै हामी आफ्नो कलाकारितामा मग्न भै रम्ने क्रममा आफ्नो नजिकको जो आफु लाइ नै सर्वस्व मान्दै आइरहेको छ उसलाई परहेन त राखी रहेका छैनौ ? गम्भीर भएर सोचेर अगाडी बढीयन भने जीवनमा दुर्घटना हुन सक्दछ/
त्यसैले जीवन एउटा सम्झौता हो एक अर्काको व्यक्तित्व अनि इच्छा आकंछ्याहरु प्रति सम्मान गर्दै , एकअर्का प्रति निस्वार्थ माया गर्दै, एक अर्का प्रति १००% पारदर्शिता देखाउदै जीवन चलायो भने गीत संगीत/सामाजिक जीवन अनि बैबाहिक वा पारिबारिक जीवन सहि ढंगबाट अगाडी बढाउन सकिन्छ/

सबै को जय होस् //


NNA Team
675 views

सम्बन्धित समाचारहरु