Thursday, March 28, 2024

एक सय साठी यात्रु बोकेर मेलिन्डोको चार्टड बिमान काठमाडौ प्रस्थान


  • July 30, 2020


एक सय साठी यात्रु बोकेर मेलिन्डोको चार्टड बिमान काठमाडौ प्रस्थान

अर्को हप्ता सिंगापुर एअरको सेमि चार्टड नेपाल जाने

अस्ट्रेलियामा अलपत्र परेका र आपत विपतमा फसेका एक सय ६० जना नेपालीहरुलाई लिएर मेलिन्डो एअरलाइन्सको बिमान बिहिवार साँंझ ६ बजे सीड्नीवाट काठमाडौ प्रस्थान गरेको छ ।
एनआरएन अस्ट्रेलियाको पहल तथा स्थानिय संघ संस्थाको सहयोगमा गरिएको चार्टड बिमान सीडनीवाट इन्डोनेशियाको बालीमा तेल हालेर क्वालालम्पुरहुँंदै बिहान सवा ६ बजे काठमाडौ पुग्नेछ । सो बिमान बिभिन्नस्थानमा रोकिएपनि यात्रुहरुले भने कुनैपनि स्थानमा उत्रनुपर्ने छैन ।
प्राय अस्ट्रेलियामा छोराछोरी भेटन आएका अभिभावक र आपत बिपतमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधार मानेर एनआरएन अस्ट्रेलियाले उद्धार उडानमा यात्रु निर्धारण गरेको थियो । नेपाल जान चाहनेहरुको आवेदन र बाक्लो उपस्थीती हरेर एनआरएन अस्ट्रेलियाले राजदुतवासको सहयोगमा पुन आगामी ६ अगष्टमा पनि नेपालका लागि सिंगापुर एअरलाइन्सको सेमि चार्टड उडान तय गरिसकेको छ । १७ सय पचास अस्ट्रेलियन डलर भाडादर लिइएको यो उडानमा नेपाल जान बिरामी अभिभावकहरु निकै ठुलो भिडनै लागेको थियो । स्वदेश फर्कन पाएकोेमा कयैन अभिभावकहरले एनआरएनलाई धन्यवाद समेत प्रदान गरेको एनआरएन प्रवक्ता नन्द गुरुङले बताए । हामी अत्यन्तै पीडामा थियौ, छोरीको बिवाहका लागि केहि दिनका लागि आएका थिर्याै, केहि महिना अडकियौ ,उता नेपालमा अभिभावक सीरीयर भएको खबर आयो, हामी बिलखबन्धनमा परेका थियौ तर धन्य एनआरएन र दुतावासले चार्टड बिमानको व्यबस्था गरेकाले नेपाल जान संभव भयो , तिनकुने घर भएका सुरेन्द्र बोहराले बिमानस्थलमा सुनाए । बोहराले भने पैसा केहि मंहगो भएपनि आपत बिपतमा र यस्तो माहामारीमा साथ र सहयोग गर्ने निकायलाई धन्यवाद दिनैपर्छ , बोहराले भने ।

दाङका अर्जुन बस्नेत घरमा ताला चाबी ठोकेर सपरिवार छोरा भेटन सीड्नी आइपुगेका थिए तर कोरोनाले केहि महिना अडकिदा सारै अप्ठयारोमा परे, नियमित उडान खुल्ने प्रतिक्षामा कुर्दाकुर्दै संम्भवै भएन । ढिलै भएपनि बिहिबार चार्टड बिमानमा नेपाल जान पाउँंदा उनि निकै उत्साहित देखिए । बिमानस्थलमा बस्नेतले भने जान पाउने भइयो ,यही हाम्रो लागि ठुलो कुरो भएको छ ।
यसरी कोही अभिभावक गुमाएका र केहि परिवारीक पीडामा रहेकाहरु पनि गारो सारो बिच नेपाल पुग्न पाउने आशामा बिमानस्थलमा भेटिए । कस्तो रोग लाग्यो कुरै नगर्नुस , यता हामी उता अभिभावकको पीडा । अभिभावक गुमाएको पीडा पोख्दै एक यात्रुले भने अनुहार समेत हेर्न पाइएन । कम्तीमा यो उद्धार उडानले मृत्युंसंस्कार गर्नसम्म पाइने भयो , यही ठुलो कुरा रहयो ।

मुख्य कुरो अस्ट्रेलियामा मात्र करिब पाँंच हजार भन्दा बढीको संख्यामा नेपाली अभिभावकहरु हुनुहन्छ, नेपाल फर्कनेहरुमा सबैभन्दा बढि उहाहरुको चाप बढि देखिएको छ, एनआरएन अस्ट्रेलीयाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । त्यसपछि आपत बिपत परेका र नेपाल जानै पर्नेहरुको संख्या केहि छ, यसले पनि हामीले अर्को हप्ता एउटा सेमि चार्टड उडानको व्यबस्था गर्ने सोच बनाएका छौ , रेग्मीले सुनाए ।


NNA Team
449 views

सम्बन्धित समाचारहरु