जन्मेको ठाउ र हुर्केको गाउ कसले सजिलै बिर्सनसक्छ । संसारको जुनै कुनामा रहेपनि आपत विपतमा सहयोग गर्नु प्रवासीहरुको कर्म पनि हो । यस्तै अस्ट्रेलियाका एक कर्मठ युवा स्वतन्त्र प्रताप शाहले कोरोनाको माहामारीसँंग जुध्न सुदुरपश्चिममा सहयोगको हात अगाडि बढाएका छन ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टे«लियामा सहयोग संकलनको नेतृत्व गरिरहेका गैर आवासीय संघ अष्टेलियाका पूर्व उपाध्यक्ष तथा युवा व्यवसायी स्वतन्त्र प्रताप शाहले एक लाख ११ हजार रुपैया संकलन गरेर पठाएका हुन ।
एनआरएनए अभियन्ता शाह स्वयमले ६० हजार दुई सय २० रुपैया जम्मा गरेर अष्टेलियामा सहयोग संकलन अभियान शुरु गरेका थिए ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टे«लियाबाट सृजना ढकालले १२ हजार ५१ रुपैया, कमल रावलले ११ हजार ८ सय ४७, होम प्यासीले ११ हजार आठ सय ४७, लक्ष्मी जोशीले छ हजार ८४, ईश्वर कुईकेलले दुई हजार नौ सय ८३, समिम अनवरले दुई हजार तीन सय ८६ रुपैया सहयोग गरेको शाहले बताए ।
सुदूर पश्चिमको डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टे«लियामा थालिएको सहयोग संकलन अभियानमा सुदूपश्चिमेली मात्र नभएर देशका बिभिन्न जिल्लाका बासिन्दाले सहयोग गरेका छन् ।
प्रवासमा भएपनि यो मन त नेपालमै छ, हाम्रो सानो सहयोगले डडेल्धुरामा पीसीआर मेसिन स्थापनामा योगदान पुग्ने विश्वास गरेका छौ, शाहले भने, अष्टेलियाबाट यो अभियानमा सहयोग गर्नेहरु प्रति आभारी छौ । कलाकार ,व्यवशायी शाह कैलालीको टीकापुरका स्थायी बासिन्दा हुन् ।