Thursday, April 18, 2024

अस्ट्रेलियामा नेपाली पत्रकारहरु संगठित


  • March 8, 2020


अस्ट्रेलियामा नेपाली पत्रकारहरु संगठित

हेमन्त काफ्लेको नेतृत्वमा नया कार्य समिती

दक्षिण अस्ट्रेलियाको सुन्दर एडिलेड शहरमा सम्पन्न अस्ट्रेलियान नेप्लीज पत्रकार संघको पहिलो साधारणसभाले सेतोपाटी अस्ट्रेलियाका सम्पादक हेमन्त काफ्लेको नृतृत्वमा नया कार्य समिती चयन गरेको छ ।
अधिवेशनले सस्थाको सह–अध्यक्षमा नेपाली पत्रका पत्रकार ऋषि आचार्यलाई चयन गरेको छ भने उपाध्यक्षमाद्वय सीता रसाइली बिश्वकर्मा र निरु त्रिपाठी निर्विरोध चयन भएका छन ।
यसैगरी संस्थाको महासचिबमा एमएनटीभीका चिरन्जिबी देबकोटा, सचिबमा कान्तीपुर टीभीका सरल गुरुङ, कोषाध्यक्षमा नेपाल न्युज अस्ट्रेलियाका सम्पादक कृष्ण तिवारी र सदस्यहरुमा हाम्रा कुरा डटकमका प्रकाश हुमागाई, छत्र शंकर, कमल सिलवाल, सरिता ढकाल, खगेन्द्र सत्याल र मिलन दाहाल चयन भएका छन् । पहिलो अधिवेशनले अष्ट्रेलिया भरि क्रियाशील करिब ४ दर्जन पत्रकारहरुलाई एउटै छाता गोलबन्द गर्न सफल भएको छ।
अष्ट्रेलियाको विभिन्न राज्यमा छरिएर रहेका नेपाली मिडियाकर्मीहरुले गत बर्ष मात्र नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टको उपस्थीतीमा तदर्थ समिती गठन गरेका थिए ।
कार्यक्रममा दक्षिण अस्ट्रेलियाकी सांसद तथा सहायक मन्त्री जिङ्ग लिले अस्ट्रेलिया जस्तो बहुसांस्कृतीक समाजमा नेपाली मुलका संन्चारकर्मीहरु एकताबद्ध हुनु आफैमा महत्वपुर्ण बिषय रहेको बताइन । लीले पत्रकारीता समाजका ऐना भएकोले यसको जिम्मेबारी महत्वपुर्ण हुने बताउदै समाजका हरेक क्रीयाकलापमा यसको प्रभाव रहने बताइन ।
दुइ दिनसम्म चलेको उक्त प्रथम अधिबेशनमा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा. महेश राज दाहालले अस्ट्रेलियामा फराकिलो हुदै गएको नेपाली समाजको आवश्यकताका रुपमा महासंघ स्थापना हुनु खुसीको बिषय भएको बताए ।
कार्यक्रममा भिक्टोरियाका महाबाणिज्यदुत चन्द्र योञ्जन, साउथ अष्ट्रेलियाका बाणिज्यदूत दिपक धमला, एनआरएनएनका केन्द्रिय उपाध्यक्ष मन केसी, अन्तर्रा्ष्ट्रिय पत्रकार समाज ओसेनिया संयोजक मन ऋषि धिताल, एनआरएन ओसेनिया डेपुटी कोर्डिनेटर नवीन कंडेल, साउथ अस्ट्रेलिया उपाध्यक्ष नवीन पन्त, नेप्लीज एसोसिएसन अफ वेस्टर्न अस्टे्रलियनका अध्यक्ष डा मणि पनेरु, निर्वाचन समितीका संयोजक गोकुल ढकाल,राजु मानन्धर लगायतका व्यक्तित्वहरुले शुभकामना ब्यक्त गरेका थिए । करिब दस बर्ष अगाडिदेखि संगठित हुने प्रयास भएको स्मरण गर्दै पत्रकार डा. भरतराज पौडेलले दस बर्ष पछाडि यो सम्भब भएकोमा खुशी व्यक्त गरेका थिए । पहिलो दिन नेपाली पत्रकारहरुले दक्षिण अस्ट्रेलियाको संसद भवनको भ्रमण र स्थानिय राजनितीक घटनाक्रमका बारेमा जानकारी लिएका थिए । नेपाली समाजसँंग निकट रहेकी सहयाक मन्त्री जीङ लीले संसद भवनमा नेपाली पत्रकारलाई चियापानको साथसाथै भ्रमणको ब्यवस्था मिलाएकी थिइन ।


NNA Team
396 views

सम्बन्धित समाचारहरु