Saturday, December 2, 2023

एनआरएनले छान्यो आइसीसीमा मानार्थ सदस्य


  • February 8, 2020


एनआरएनले छान्यो आइसीसीमा मानार्थ सदस्य

अस्ट्रेलियालाई बिशेष महत्व

गैर आवासिय नेपाली संघ(एनआरएन)ले संघलाई चुस्त र स्फुर्त रुपमा अगाडि बढाउन संसारभर छरिएर रहेका सामािजक अभियन्ताहरुलाई मानार्थ सदस्यमा मनोनित गरेको छ । पहिले ५१ जना बनाउने निर्णय गरिएता पनि पोखराको प्रत्यक्ष बैठक मार्फत यो संख्या एक सय एघार बनाएर अन्तिम टुंगो लगाएको छ । एनआरएनको अभियानमा अगाडि रहेको अस्ट्रेलियालाई यस पटक कुमार पन्त नेतृत्वको टिमले महत्वका साथ राख्दै ओसेनिया क्षेत्रवाट १८ जनालाई आइसीसीको मानार्थ सदस्यमा मनोनित गरेको छ ।
आइसीसीको मानार्थ सदस्यमा मनोनित हुने ओसेनिया क्षेत्रका समाजिक अभियन्ताहरुमा पुर्व आइसीसी सदस्य बालचन्द्र भट्टराइ, पत्रकार डील्ली ढकाल, चितवन समाजका पुर्व अध्यक्ष बुद्धी डल्लाकोटी, शैक्षिक ब्यवशायी सन्जिव शर्मा, व्यबशायी प्रेम सापकोटा, एनआरएनका पर्व अध्यक्ष सुरेन्द्र सिग्देल, एनएडीएफका पुर्व अध्यक्ष विवेक थापा, मेलवर्नका अगुवा सोम प्रशाद गुरुङ ,पुर्व ओसेनिया संयोजक धर्मराज अधिकारी, पुर्व आइसीसी सदस्य दिपक भट्टराइ, सरसफाइ अभियन्ता खेम शर्मा, एनआरएनका पुर्व अध्यक्ष गणेश केसी, पर्थका भैरव ढकाल, शिक्षा व्यबशायी भिम खरेल, राम श्रेष्ठ, युवा अभियन्ता राजन बस्नेत, दिपक जोशी र रमेश पौडेल रहेका छन। एनआरएन आइसीसीका अध्यक्ष कुमार पन्तले अस्ट्रेलिया जस्तो क्रियाशिल एनआरएनलाई महत्वका साथ हेरिनुपर्नेमा सबै साथीहरु सहमत हुनुभएकोमा धन्यवाद प्रकट गरे ।


NNA Team
466 views

सम्बन्धित समाचारहरु