सिडनीमा छठ पर्व मनाइयो


  • November 3, 2019


सिडनीमा छठ पर्व मनाइयो

एशोसियशन अफ नेपाल तराई ईन अष्ट्रेलिया(एन्टा)को आयोजनामा शनिवार सीड्नीको लिभरपुल क्षेत्रमा धुमधामका साथ छठ पर्व मनाइएको छ । साझको अर्घ र आइतवार बिहानको अर्घ दिएर छठ पर्व मनाईएको जानकारी सो संस्थाका कोषाध्यक्ष राम प्रबल चौधरीले जानकारी दिए । सस्थाको अध्यक्ष प्रवीण चौरासियाले छठ पर्व मनाउन विभिन्न समिति, उप समितिहरू बनाइएको र प्रत्येक समितिहरूले आआफ्नो ढगले जिम्मेवारी पुरा गरेकोले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको बताए ।

सिडनी र बरिपरि बसोबास गरि रहेका छठका ब्रतालु तथा तराइ मधेशका नेपालीजनहरुको महत्वपुर्ण उपस्थीती रहेको कार्यक्रममा श्रद्धालुहरुले आकर्षक परम्परागत पहिरनमा सजिएर यस पर्वलाई धुमधामका साथ मनाएका थिए ।
तराइ मधेशको महत्वपुर्ण पर्वका रुपमा रहेको छठको आरधना र पूजाको प्रसाद ग्रहणको लागी सम्पूर्ण सीड्नीबासी नेपालीहरूलाई निमन्त्रणा गरिएको एन्टाका पुर्व अध्यक्ष तथा आइसीसी सदस्य अरुण कुमार ठाकुरले जानकारी गराए । छठी शुभकामना तथा प्रसाद ग्रहणको लागी महावाणिज्यदूत दीपक खडका, एनआरएन ओसेनिया संयोजक होम पाण्डे, सामाजिक अभियन्ता गणेश तमांङ लगायत बिभिन्न् संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थीती रहेको थियो ।


NNA Team
515 views

सम्बन्धित समाचारहरु