माछापुच्छ्रे कप फुटबल नोभेम्बर १६ र १७ मा हुने


  • November 2, 2019


माछापुच्छ्रे कप फुटबल नोभेम्बर  १६ र १७ मा हुने

माछापुच्छ्रे कप फुटबल प्रतियोगिता यस पटक आउदो नोभेम्बर १५ र १६ तारिखका दिन भ्यालेन्टाइन पार्कमा आयोजना हुने भएको छ ।
आयोजक माछापुच्छ्र्रे क्लबले शनिबार प्रायोजक सफायर रियल स्टेटको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस संस्करणमा सिड्नी बाहिर क्यानबेरा, मेलवर्न र ब्रिजबेनका चार टोलीको सहभागितासँंगै कुल १६ टोलीको सहभािगता रहने जानकारी दिएको हो। कुल पाँंच हजार दुइ सय पचास डलर पुरस्कार रहेको प्रतियोगिता लिग कम नकआउटका आधार खेलाइने र विजेता टोलीलाई क्रमस तिन हजार, एक हजार र पाँंच सय डलरको धनरासीसँंगै ट्रफी तथा प्रमाणपत्र बितरण गरिने क्लबका अध्यक्ष यज्ञधर बज्राचार्यले बताए । उनले नाइन ए साइड फुटबल प्रतियोगिता भएकोले एउटा टोलीमा कुल १५ खेलाडी र दुइ अफीसीयल सहित १७ जना रहने समेत जानकारी दिए । कार्यक्रममा अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले अस्ट्रेलियाभर छरिएर रहेका फुटबलप्रेमी बिचको आपसी भाइचारासँंगै खेलकुदको माध्यमवाट नेपालको नाम परिचित गराउन यस्तो प्रतियोगिताहरु उपयोगी रहदै आएको बताए ।
कार्यक्रममा प्रायोजक सफायरका तर्फवाट बिश्वास भट्टराइले सामाजिक संरचना भित्रको महत्वपुर्ण पाटोको रुपमा रहेको खेलकुद र त्यसमाथि फुटबलको माध्यमवाट गोलबद्ध रहेको माछापुच्छ्रेसँंग सहकार्य गर्न पाउनु खुसीको बिषय रहेको सुनाए । कार्यक्रममा क्लबका सचिब प्रविण जोशीले प्रतियोगिताको बिस्तृत बिवरण र यसका प्राविधिक बिषयमा प्रष्ट पारेका थिए । सफायरका अनिल थापामगरले कुनैपनि खेलकुद स्वास्थका लागि राष्ट्रका पहिचानका लागि महत्वपुर्ण बिषय भएकोले युवा वर्गको सहभागीता अर्थपुर्ण रहेको बताए । प्रतियोगितालाई चार समुहमा बिभाजन गरि लिग कम नकआउटका आधारमा खेलाइने हरेक समुहवाट दुइ टिम क्वार्टरुफाइनलमा प्रवेश गर्ने छन ।
यसैगरी दुइ दिन चल्ने प्रतियोगिताको पत्रकार सम्मेलनमा समुह बिभाजनको लक्की ड्र समेत आयोजना गरिएको थियो । जसमा समुह एमा आयोजक माछापुच्छ्रे क्लब, गोर्खा एफसी, ड्रुक एफसी र फेवा फुटबल क्लब रहेका छन भने समुह बीमा टीआरजी,क्यानेबरा एफसी, सगरमाथा एफसी,ग्रानभिल राइनोज रहेका छन । यस्तै समुह सीमा बेनी क्लब ,सीम्रीक क्लब, द ब्रिगेड क्लब र वेस्ट युनाइटेड तथा समुह डीमा सेन्ट जोर्ज ,यती एफसी, क्लब नेपाल र तामाङ रिक्रेयसनल क्लब रहेका छन ।


NNA Team
385 views

सम्बन्धित समाचारहरु