एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा केशब कंडेल बिजयी


  • July 7, 2019


एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा केशब कंडेल बिजयी

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको जुलाई ६ तारिख शनिवार सम्पन्न निर्बाचनमा भिक्टोरियाका बर्तमान संयोजक केशब कंडेल अध्यक्ष पदमा बिजयी भएका छन् । उनले ४ हजार १ सय ४८ मत प्राप्त गरे । अर्का अध्यक्ष पदका प्रत्यासी दिनेश पोखरेलले ३ हजार ७ सय ५७ मत प्राप्त गरेका थिए । त्यसैगरि महासचिबमा डा ज्ञानेन्द्र रेग्मी ,सचिबमा उषा किरण बरिया ,कोषाध्यक्षमा अनिल पोखरेल ,सह कोषाध्यक्षमा लक्ष्मण गोपाली निर्बाचित भए । त्यसैगरि रास्ट्रीय युवा संयोजकमा इर्साद अहमद बिजयी भएका छन् भने रास्ट्रीय महिला संयोजकमा सबिता शाह निर्बिरोध निर्बाचित भएकी छिन् । त्यसैगरि एन एस डब्लु संयोजकमा देब बहादुर गुरुङ ,उप संयोजकमा चुन्ना छेत्री सचिबमा दिपक पहारी बिजय भएका छन् । आइ सी सी सदस्यहरुमा राजु अधिकारी छबि प्रसाद सापकोटा ,दीपक शर्मा ,अरुण कुमार ठाकुर ,नारायण प्रसाद काफ्ले ,अशोक केसी र सन्तोष कुवर बिजयी भएका छन् ।
अस्ट्रेलिया भरिबाट बनेका ११ हजार ६ सय १७ मतदाताहरुमा जम्मा ८ हजार ३ सय ६६ मतदाताले निर्वाचनमा भाग लिएका थिए भने ३ हजार २ सय ५१ जनाले मतदानमा भाग लिएनन् । संयोजकहरुमा एसीटीमा चुडामणी सापकोटा,बेस्टर्न अस्ट्रेलियामा कृष्णमान श्रेष्ठ ,साउथ अस्ट्रेलियामा नविन पन्त ,क़ुइन्सल्याण्डमा उमेश खड्का ,भिक्टोरियामा प्रेम कंडेल र तास्मानियामा संदेश परियार चुनिएका छन् । बेस्टर्न अस्ट्रेलिया बाहेकका अन्य राज्य र टेरिटोरिमा बिहान ८.३० बजे देखि अपरान्ह पाच बजेसम्म मतदान भएको थियो भने वेस्टर्न अस्ट्रेलियामा बिहान ८ बजेदेखि साढे चार बजेसम्म मतदान भएको थियो ।


NNA Team
420 views

सम्बन्धित समाचारहरु