कर्णाली नदीमा जीप खस्यो


  • June 18, 2019


कर्णाली नदीमा जीप खस्यो

हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलावालुमा लु १ ज ७१६६ नम्बरको जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खस्दा कम्तिमा १० जना यात्रु बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक मणि शाही, यात्रुहरु चन्द्र हमाल, बसन्ती शाही, नन्ददेवी सिंह,नैनसिंह भण्डारी ,कौर कामी, उनका दुई वर्षीय छोरा गोकुल सुनार लगायत छन् ।

सेना र प्रहरीले उद्दार गरिरहेको बताएको छ । याङ्चु प्रहरी चौकीका प्रमुख सन्तबहादुर ओलीका अनुसार घटना मंगलबार मध्याह्न साढे १२ बजे भएको थियो ।

स्थानीय पत्रकार राजन रावतका अनुसार उद्धारमा सेना र प्रहरी टोली खटिए पनि गोताखोर नहुँदा उद्धारमा समस्या भइरहेको छ । निर्माणाधीन सडकका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ । घटनाको बिस्तृत विवरण आउन बाकि छ ।


NNA Team
438 views

सम्बन्धित समाचारहरु