Wednesday, June 12, 2024

नरेशको ‘क्यार्नि होला खै’ म्युजिक भिडियो सार्बजनिक


  • June 16, 2019


नरेशको ‘क्यार्नि होला खै’ म्युजिक भिडियो सार्बजनिक

सिड्नी । आफ्नो कर्मथलो बनाउदै आएका युवा गायक नरेश रेग्मीले आफ्नो पछिल्लो म्यूजिक भिडियो ‘क्यार्नि होला खै’ बोलको गित हालै सार्वजनिक गरेका छन् । सुगम संगीत क्षेत्रमा रेग्मीको यो पहिलो खुट्किलो हो । दाङ्ग घर भएका रेग्मीले आफ्नो जन्मदिनको अबसर पारेर उक्त भिडियो सार्बजनिक गरेका हुन् । केही लोकदोहोरी गीत गाएका र म्यूजिक भिडियोमा समेत मोड्लिङ गर्न भ्याएका रेग्मीले प्रवासको ब्यस्त दैनिकीका बाबजुद पनि आफुलाई संगीत क्षेत्रमा क्रियासिल बनाउन सकेकोमा गौरवको महसुस गर्छन ।
म्यूजिक भिडियोमा विमल शाही र नाङ्मा श्रेष्ठले उत्कृष्ट अभिनय गरेका छन् । लोकराज अधिकारीको शब्द रहेको गीतलाई दीपक शर्माले संगीत भरेका छन् भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । सन्तोष राजवाहकको नृत्य निर्देशनमा बनेको भिडियोलाई राम कुमार केसीले छायाङकन गरेका हुन् ।


NNA Team
524 views

सम्बन्धित समाचारहरु