Sunday, December 3, 2023

ग्रानभिल कम्युनिटी क्लबको समर क्रुज पार्टी २०१८ सम्पन्न


  • December 29, 2018


ग्रानभिल कम्युनिटी क्लबको समर क्रुज पार्टी २०१८ सम्पन्न

कल्याणकारी कार्यको थालनीका लागि ग्रानभिल कम्युनिटी क्लबको आयोजनामा सिडनीमा समर क्रुज पार्टी २०१८ सम्पन्न भएको छ । नया बर्षको उपलक्ष्यमा आयोजित समर क्रुज पार्टीमा अस्ट्रेलियाका नेपाली समाजका अगुवाहरुका साथै नेपालवाट सिडनी भ्रमणमा आएका नेकपाका नेता देवशंकर पौडेल तथा नेपाली कांग्रेशका युवा नेता गणेश लामा लगायतको उपस्थीती रहेको थियो ।

नेपालीहरुको बाक्लो उपस्थीती रहदै आएको ग्रानभिल क्षेत्रमा करिब तिन हजार नेपालीहरुको बसोबास रहदै आएको छ । सामाजिक कार्यमा समावेश हुदै आएको ग्रानभिल समाजले अभिभावक तथा बालबालिकाको बृद्धी बिकास लगायत परोपकारी कार्यमा आफुलाई अगाडि बढाउदै आएको छ । प्रशान्त माहासागरमा चार घन्टा लामो चलेको रात्रिभोजमा समुदायबिच आपसी सदभाव र नया बर्षको शुभकामना साटासाट गरिएको थियो ।

कार्यक्रममा निजी भ्रमणमा अस्ट्रेलिया आइपुगेको नेकपाका पुर्व सांसद देवशंकर पौडेल र नेपाली कांग्रेश काभ्रेका पराजित सभासद गणेश लामाले बिदेशमा नेपालीहरुबिचको नेपालप्रेम ,मित्रता र मेल साच्चीकै प्रशंसनिय रहेको सुनाए । कार्यक्रममा ग्रानभिल समाजका अध्यक्ष रमेश थापाले कार्यक्रममा सहयोग गर्ने समाजका अगुवा तथा ग्रानभिल समाजका सदस्यहरुलाई धन्यबाद दिएका थिए । क्रुज पार्टीमा एनआरएन ओसेनिया क्षेत्रका संयोजक धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष ध्रुब सुबेदी, गोवा कटुवाल, पुर्व आइसीसी सदस्य बालचन्द्र भट्टराइ ,उपाध्यक्ष दिनेश पोखरेल ,वर्तमान उपाध्यक्ष नन्द गुरुङ ,सचिब देब गुरुङ, पुर्व युवा संयोजक विजय पोखरेल, आइसीसी खेलकुद संयोजक राजु मानन्धर समाजिक अगुवा श्री नापीत , छिरिङ शेर्पा , सीके भुसाल, रमेश पाण्डे , हरिलाल लामिछाने लगायतको उपस्थीती रहेको थियो ।


Nepal News Australia
267 views

सम्बन्धित समाचारहरु