सिड्नीमा शुभकामना साँझ हुदै


  • December 22, 2018


सिड्नीमा शुभकामना साँझ हुदै

डिसेम्बर २२ सिड्नी । नयाँ बर्ष सन् २०१९ को अवसरमा धादिंग अस्ट्रेलिया समाजले “शुभकामना साँझ “कार्यक्रम गर्ने भएको छ । ओसेनिया एजुकेसन सोलुसन को प्रस्तुतिमा यहि जनवरी ५ तारिख शनिबारका दिन साँझ रक्डेल स्थित इन्द्रेणी फंसन सेन्टरमा हुने उक्त शुभकामना साँझमा उपस्थितजनहरु बिच शुभकामना आदान प्रदानका साथ साथै साँगेतिक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपालकी प्रख्यात गायिका रेखा शाह , कलाकारहरु इश्वर पोखरेल ,रमण रेग्मी र लोकगायक दिवाकर रिमालले आ आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् । त्यसैगरि कार्यक्रममा दीपा अधिकारीले नृत्य प्रस्तुत गर्ने आयोजक सस्थाले जनाएको छ । कार्यक्रमबाट संकलित राजमार्ग नमुना बाल उद्यानपार्क निर्माणका लागि उपलब्ध गराइने सस्थाका अध्यक्ष किरण अधिकारीले बताए । कार्यक्रममा सहभागी भएर मनोरंजन को साथ साथै एक आपसमा शुभकामना आदान -प्रदान गर्न आयोजक सस्थाले सबैसंग हार्दिक अनुरोध गरेको छ । कार्यक्रमको बारेमा थप जानकारीको लागि किरण ०४२१६७३९१५,सबिन ०४६८७५५४१८,सनिता ०४४९४७०३० र शम्भुलाई ०४२५७४५०४४ मा सम्पर्क गर्न सकिने छ ।


NNA Team
267 views

सम्बन्धित समाचारहरु