सिड्नीमा माघी मनाईने


  • December 11, 2018


सिड्नीमा माघी मनाईने

थारु सोसाइटी अष्ट्रेलियाले थारु समुदायको नयाँवर्ष “माघी”को अवसरमा माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नी स्थित टेम्पे पार्कमा माघी पर्ब मनाउने भएको छ । सस्थाका अनुसार उक्त कार्यक्रममा थारु साँस्कृति झल्कने गीत संगीत र नृत्यबाट मनोरंजनात्मक प्रस्तुति गरिने छ । यसका अलावा थारु खानाका परिकारहरु पनि राखिनेछ । सिड्नीमा पहिलोपटक मनाईन लागिएको उक्त कार्यक्रमलाई सफल बनाउन नेपालि समुदायको सक्रिय सहभागिताका लागि सस्थाले हार्दिक अनुरोध समेत गरेको छ । सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीक अनुसार कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ ।
कार्यक्रमको बारेमा थप जानकारीका लाग़ी थारु सोसाइटी अष्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीलाई 0411688798 र पब्लिक अफिसर अरुण चौधरीलाई 0401435959 नम्बरमा सम्पर्क गर्न सकिने छ ।


NNA Team
391 views

सम्बन्धित समाचारहरु