प्रविधिसंगै पण्डितहरु


  • November 28, 2018


प्रविधिसंगै पण्डितहरु

सिड्नी नोभेम्बर २४ , नेपाल फेस्टिभलको दिन पारेर सिड्नीमा “माई स्वयंम्बरडट कम “को सुरु गरिएको छ । बिदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेस सुहाउँदो उपयुक्त भेषभूषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको युबक र युवतीको खोजि गरि उनीहरुलाई बैबाहिक जिवनमा बाध्ने मूल उद्देश्य ले यसको प्रारम्भ गरिएको पण्डित प्रकाश धोढारिले नेपाल न्यूज अस्ट्रेलियालाई बताए । यसलाई कार्यान्वयन गर्नका लागि “गुरू मन्जरी” सस्थाको स्थापना समेत गरिएको छ । यो सस्थाले नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्दै धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन ज्योतिषी परामर्श, वास्तु परामर्श तथा बिभिन्न धार्मिक अनुष्ठानका कार्य गर्ने बताइएको छ ।

सुचना प्रविधिको बिकास संग संगै मानव जीवनलाई सहज र सरल रुपमा विश्वको जुन सुकै कुना बाट पनि आफुलाई उपयुक्त बर बधु प्राप्त गर्न सकुन भन्ने पबित्र उद्देश्यले यसलाई अगाडी बढाइएको हो ।
२०१९ को जनवरी एकदेखि आफ्नो काम प्रारम्भ गर्नेयो सस्थाले समन्धित रास्ट्रको कानुन भित्र रहेर आफ्नो सेवा प्रदान गर्ने छ । हाल नेपाल ,अस्ट्रेलिया ,अमेरिका, बेलायत, क्यानडा र जापानमा संस्थाको कार्यालयहरु रहेको छ ।
मेरो स्वयंम्बरले विवाह गर्न चाहने बरबधुलाई उपयुक्त प्लेट फर्मको निर्माण गर्ने बिस्वास लिईएको छ । विवाह र यस सम्वन्धित सबै विषयका परामर्शका लागि प्रकाश पण्डितको संयोजकत्वमा एउटा टिम रहेका छ भने ज्योतिषी परामर्शका लागि ज्योतिषविद् राजु शर्मा भेटवाल र वास्तु सम्वन्धी विषयमा श्रद्धा बिष्टको संयोजकत्वमा २१ जना दक्ष पण्डितहरु रहने बताइएको छ ।

 


NNA Team
262 views

सम्बन्धित समाचारहरु