Thursday, April 18, 2024

अमर महर्जनको व्यवसायिक फड्को


  • November 23, 2018


अमर महर्जनको  व्यवसायिक फड्को

– कृष्ण तिवारी

आजभन्दा करिब १४ वर्ष अगाडि अध्ययन भिषामा अस्ट्रेलिया छिरेका अमर महर्जनले सिड्नीमा आफ्नै व्यवसाय “भिलेज डेन्टल” सुरु गरेको सात वर्ष पुग्यो । नेपाली समुदायका कार्यक्रममा विरलै देखा पर्ने अमर आफ्नो व्यस्त समय व्यवसाय र परिवारसँग साटासाट गर्न रुचाउँछन् ।

मानिसको सुन्दरताको पक्ष भनेकै मुस्कान नै हो । मुस्कानसँगै मानिसको दाँत पनि जोडिएर आउँछ । नेपाली उखान नै छ, कति मिलेका दन्त लहर…. । तर दाँत मिलेर मात्र के गर्नु समयमा नै दाँतको हेरचाह र उपचार गरिएन भने पछुताउनु बाहेक ।

दाँतमा केही समस्या देखिए पनि मानिसहरु रोगलाई पालेर भएपनि नेपालमा नै गएर उपचार गरुँला भनेर पर्खने बानी एकातिर छ, भने अर्कोतिर महंगोको गुनासो ।

यस्तै गुनासाको समाधान गर्न सन् २००४ मा अध्ययन भिषामा अस्ट्रेलिया छिरेका अमर महर्जनले सन् २०११ देखि Shop 6, 1B, 11Bay Drive Meadowbank मा भिलेज डेन्टल क्लिनिक खोलेर नेपाली लगायत अन्यलाई सुविधा दिंदै आएका छन् । ग्राहकको थप मागलाई पूर्ति गर्न सबैको पायक पर्ने ठाउँ Sydney CBD स्थित Shop 118, 8 Quay Street Haymarket (Sydney CBD) मा र Shop 5, 23-26 Station St, Kogarah मा समेत आफ्नो शाखा विस्तार गरिसकेका छन् ।

सन् २०११ बाट मेडोब्याङकमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका अमरले आज छोटो अवधिमा नै सिटी, कोग्रामा समेत शाखा विस्तार गरेर आफ्ना सेवाग्राहीहरुको मन जितेका छन् । अब उनको नयाँ शाखा निकट भविष्यमा नै सिड्नीको पश्चिमी क्षेत्रमा खोल्ने योजनामा छन् । अमरको व्यवसायिक छलाङ र सफलताको सुत्र युवा पुस्ताहरुका लागि प्रेरणादायी हुन सक्छ ।

काठमाडौंस्थित पाटनमा आजभन्दा ३९ वर्ष अगाडि जन्मीएका अमर परिवारमा कान्छो छोरा थिए । उनका दुई दिदीहरु मध्ये जेठी दिदी सरिता डंगोल नेपालमा चिनिएकी आर्टिष्ट एवं समाजसेवी हुन् । बुवा नापी विभागमा सरकारी जागिरे तथा आमा घरमै सानोतिनो व्यापार व्यवसायमा संलग्न थिइन् । शिक्षित परिवारमा जन्मेका अमरले एलएलसी सम्मको शिक्षा महेन्द्र विद्या आश्रमबाट सके । स्कुलेले जीवनमा उनको पढाईको स्तर मध्यम थियो । पढाइमाभन्दा पनि साथीभाइसँग रमाइलो गर्न औधी मन पराउथे । घरपरिवारकै दबावमा उनले आफ्नो अध्ययनलाई अगाडि बढाए अनि प्रथम श्रेणीमा प्रवेशिका उत्र्तिण गरे । पढाईका अलवा चेस, टेबलटेनिस, वास्केटबल र फुटबल लगायतका अतिरिक्त क्रियाकलायमा बढी चाख थियो । कलेजमा उनी गोलकिपरको रुपमा समेत फुटबल खेल्ने गर्थे । प्रवेशिकापछि उनले घरबाटै प्लस टु सके प्राइभेट अध्ययनबाट  ।

त्यतिवेला उनको दिमागमा पढेर मात्र हुदैंन आफैं केही गर्नुपर्छ भन्ने सोच्थे । घरपरिवार भने उनको पढाइमा चिन्तीत हुन्थ्यो  । प्राइभेट अध्ययनबाटै प्लस टु सकेका अमरले पछि कान्तिपुर सिटी कलेजबाट व्याचलर्स अफ कम्प्यूटर्स एप्लीकेसन (बिसिए) अध्ययन सके ।

नेपालमा रहँदा आइटी क्षेत्रमा विशेष रुचि राख्ने अमर कान्तिपुर सिटी कलेजबाट बिसिए सकेपछि केही समय आनन्दकुटी र बाग्मती बोडिङ स्कुलमा कम्प्युटर साइन्स पढाए । अनि कम्प्यूटर सम्बन्धि आफ्नै बिजनेस पनि चलाए । विद्यार्थी अवस्थादेखि नै अमर जागिर भन्दा आफ्नै केही विजनेस गर्न बढी रुची राख्थ्थे ।

अस्ट्रेलियाको यात्रा
नेपालमा रहँदा अमर केही समय अध्ययन र अध्यापन र व्यापार व्यवसायमा रमाए । कमाइ राम्रै चल्दै थियो । तर पनि उनको मनमा अझ बढी गर्न सकिन भन्ने भुटभुटी भने रहिरह्यो । यसो मनमा गमेर सोचे कुन देशमा जाऊ ? यूके, यूस र अस्ट्रेलिया उनको प्राथमिकतामा परे । यी तिन वटै देशका बारेमा आफै रिसर्च गर्न थाले । अस्ट्रेलिया उनलाई उत्तम देश लाग्यो । वाल्यकालदेखि नै आइटीतिर बढी रुचि राख्ने अमरले अन्ततः एमआइटी अध्ययनका लागि सन् २००४ मा अस्ट्रेलियाको वागाँवागाँ स्थित चाल्र्स स्र्टुट विश्वविद्यालयमा आए । विदेशको विद्यार्थी जीवन सोचेजस्तो थिएन । तर अमरका लागि भने परिस्थति सहज बनिदियो । आइटीमा पोख्त अमरले कलेजकै लाइब्रेरीमा पार्ट टाइम काम पाए । सन् २००६ मा अध्ययन सके ।

वैवाहिक जीवन र समाजसेवा
घरपरिवारबाट पनि विवाह गर्नुपर्ने दवाव आउन थाल्यो । त्यतिवेला आफैले रोजेको भन्दा पनि आमाबुवा र आफन्तजनले खोजेको कुल घरानकी छोरीसँग विवाह गर्न अमरका परिवारले सुझाए । उनको परिवारले छोराको विवाहका लागि पत्रिकामा विज्ञापन समेत दिए । यो कुरा अमरले पछि मात्रै थाहा पाए । विज्ञापनपछि अमरलाई हेर्न आउने केटीहरुको चाप बढ्यो । तर पछि अमरका बुवाआमाले एक जना केटीका वारेमा कुरा चलाए । अमरले उक्त केटीको फोन न. र इमेल पाए । इमेल, मासेन्जर र फोन मार्फत अमरको कुराकानी हुन थाल्यो । अन्ततः उनी विवाहका लागि सन् २००८ मा नेपाल पुगे । नेपाल पुग्दा अमरकै हुनेवाला जीवनसंगीनी अन्जु एयरपोर्टमा उनलाई लिन समेत आइन् । अनि केही भलाकुसारीपछि अमरलाई अन्जुको सबै कुरा ठीक लाग्यो र विवाहको टुंगो लगाए । आफ्नो नेवारी परम्परा अनुसार विवाह बन्धनमा बाँधिए । अन्जुले त्यतिवेला नेपालकै पहिलो डेन्टल कलेज “पिपल्स डेन्टल” कलेजबाट बिडिएस सकाएर दन्त चिकित्सकको प्राटिक्स गर्दै थिइन् । विवाह पश्चात अमर हनिमुनको लागि पोखरा र थाइल्याण्ड पुगे । थाइल्याण्डबाट अमर सिधैं सिड्नी आइपुगे भने उनकी जीवनसंगीनी नेपाल फकिइन् ।

करिब तीन महिनापछि अन्जु सिड्नी आइपुगिन् । अस्ट्रेलियन मान्यता पाउन अस्ट्रेलियन डेन्टल काउन्सिलको जाँचको तयारी गरिन् । करिब दुई वर्षमा आफ्नो अध्ययन पुरा गरिन् । सन् २०१० मा अस्ट्रेलियन डेन्टल काउन्सिलबाट लाइसेन्स प्राप्त गर्न सफल भइन् । वागावागाबाट सिड्नी बसाई सरेपछि अमरले केही समय आइटी कम्पनी र मायरमा सेल्सम्यानको रुपमा काम गरे । तर उनलाई अरुको काम भन्दापनि आफ्नै व्यवसाय गर्ने सोच बनाए । नेपालदेखि नै व्यवसायमा राम्रो अनुभव संगालेका अमरलाई यहाँको वातावरण केही नौलो लागेपनि आफ्नो रिसर्चलाई अघि बढाउदै लगे । डेन्टल काउन्सिलबाट मान्यता पाएको केही समयपछि अमर र अन्जुले नेपाली समुदायसँग नजिक हुने व्यवसाय गर्ने सोच बनाए ।

नेपाली समुदाय विस्तारै बढ्दै गइरहेको वेला नेपालीलाई समेत लक्षित गरि दाँत सम्बन्धि सम्पुर्ण उपचार र सेवा एकै ठाउँमा दिने उद्देश्यले “भिलेज डेन्टल क्लिनिक” संचालनमा ल्याए । अहिले उनको क्लिनिकमा आउने सेवाग्राहीहरुमा करिब २५ प्रतिशत मात्रै नेपाली छन् भने वाँकी अन्य समुदायका । अमर अगाडि भन्छन्– अस्ट्रेलियामा दाँतको उपचार हामीले सोचे जस्तो महंगो छैन् । तर दाँत सम्बन्धि उपचारका उपकरणहरु नै महंगो पर्न जाने भएकोले केही महंगो जस्तो देखिएको हो ।

तर पनि उनले आफ्नो क्लिनिकमा आउने नेपाली ग्राहकहरुलाई विशेष सुविधा र छुट दिदै आएका छन् । उनको क्लिनिकमा दाँत चेक अप, एक्सरे, फिलिङ, टिथ वाह्इटिङ, टिथ पोलिसिङ, स्केल, क्लिन, आरसिटी, क्राउन, अर्थोडेन्टीस्ट्, दाँत निकाल्ने, नयाँ दात राख्ने, लगायका विविध सेवाहरु दिदै आएका छन् । अमर आफ्नो क्लिनिकलाई वन स्टप शप भन्न रुचाउँछन् अर्थात एउटै छाताभित्र दाँत सम्बन्धि सबै सुविधा ।

अमर भन्छन्– नेपालीहरु रोगले बढी च्यापेपछि मात्र उपचारमा आउँछन् । जसले झन खर्च बढाउँछ । वर्षमा कम्तिमा दुई पटक दाँतको परिक्षण गर्नुपर्ने सल्लाह दिन्छन्, उनी । सुलभ र पारिवारिक वातावरणमा दाँतको उपचार अस्ट्रेलियामा नै गराउन भिलेज डेन्टल सधै तत्पर रहेको उनी बताउँछन् ।

भिलेज डेन्टलले १७५ डलरमा विशेष प्याकेजको व्यवस्था पनि गरेको छ । जसमा जाँच, एक्सरे, स्केल, क्लिन, फ्लोराइड एप्लीकेसन, टिथ पोलिसिङ जस्ता सेवाहरु लिन सकिन्छ । साथै ५० डलरको वार्षिक सदस्यता बनेर निःशुल्क चेकअप र १० प्रतिशत डिस्काउन्ट गर्न सकिनेछ । बच्चाहरु ऋम्द्यक् भष्निष्दभि भएमा दन्त उपचारमा दुई वर्षमा एक हजार डलर सम्मको उपचार निःशुल्क गरिने उनले बताए । कसैले प्राइभेट हेल्थ इन्सुेरेन्स गरेको छ भने ऋजभअप(गउ अभिबल mब न्यूनतम ४ज्ञठछ दभलभाष्त पाएमा (नो ग्याप्स) निःशुल्क हुने उनले बताए । जसमा जाँच, एक्सरे र दाँत सफा समेत पर्दछ ।

भिलेज डेन्टलका डाइरेक्टर अमरले निकट भविष्यमा नै नेपालमा समेत भिलेज डेन्टलको शाखा खोल्ने तयारीमा लागेका छन् । उनी अगाडि थप्छन्– हाम्रा सेवाग्राहीरुलाई नेपाल गएको वेला पनि सेवा लिन सुविधा हुन्छ । अस्ट्रेलियामा उपचार गराएकोे सेवाग्राहीहरुको फाइल तथा डेटाहरु नेपालमा समेत हेर्न सकिने हुँदा उपचारमा अझ बढी चुस्त, विश्वासिलो र सुलभ हुने विश्वास अमरले गरेका छन् ।

क्यानवेरा, वाँगावाँगा, उलङगन जस्ता टाढाबाट समेत उनको क्लिनिकमा उपचारको लागि नेपालीहरु आउँछन् । आफ्नो सेवाप्रति नेपालीहरुले देखाएको विश्वास र मायाले कहिलेकाही त अमरलाई केही त्यस्ता नेपालीहरुसँग पैसा माग्न समेत अप्या्ठ्रो परेको अनुभव सुनाउँछन् । उनी भन्छन्– त्यति टाढाबाट समय खर्च गरेर आउनुहुन्छ । त्यसैले त हामी नेपाली ग्राहकहरुलाई निकै सुलभ रुपमा गुणस्तरिय सेवा पस्किरहेका छन् ।

प्रवासलाई कर्मभूम बनाएपनि जन्मभूमिको लागि केही गर्ने सोच अमरले बनाएका छन् । भविष्यमा भिलेज डेन्टल फाउन्डेसन संस्था मार्फत अस्ट्रेलियामा रहेका नेपाली समुदाय लगायत नेपालमा पनि विभिन्न कार्यक्रमहरु लैजाने सोच उनको छ । अमर भन्छन्– यहाँ कयौ विद्यार्थीहरु पैसाकै अभावमा दाँत सम्बन्धि रोग च्यापेर बसेका छन् । यस्ता विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क दन्त उपचार गर्ने उक्त फाउन्डेसनको लक्ष्य हुने अमरले बताए । नेपालमा समेत विभिन्न संघ संस्थासँग सहकार्य गरेर एक÷एक वर्ष वा दुई÷दुई वर्षमा गरिब तथा दुर्गम ठाउँमा दन्त सेवाका शिविरहरु संचालन गर्ने अमरले बताए ।

समावसेवा उनको सोख पनि हो । त्यसो त उनले नेपालका असाह्य र अपाङ बालवालिकाहरुलाई बेलाबेलामा सहयोग गर्दै आएका छन् । गरिब विद्यार्थीलाई अध्ययनको जिम्मा लिदै आएका छन् । तर मनग्य समय सामाजसेवामा दिन भ्याएका छैनन्् र उनी भन्छन्– समय आएपछि समाजसेवामा भिजेर लाग्नेछु । जीवन भनेको एउटा सर्घषसिल यात्रा हो । दुःखमा नआत्तिने र सुखमा नमात्तिने अमरको जीवनको मुल मन्त्र हो । सकारात्मक सोचका साथ अगाडि बढेमा आफ्नो लक्ष्यमा पुग्न सकिने उनी बताउँछन् । महर्जन परिवारमा दुई छोरीहरु एरिसा र एमी छन् । भन्छन्– जीवन सुखी भन्दा पनि खुसी बनाउनु पर्छ । खुसी प्राप्तीका हरेक दुःखहरु आफ्नो जीवनसंगीनीसँग साटासाट गर्न जान्नुपर्दछ । घरपरिवारलाई यथेष्ट समय दिन सक्नुपर्दछ ।


Nepal News Australia
497 views

सम्बन्धित समाचारहरु